रोटरी क्लव अफ लेखनाथद्धारा आयोजित आँखा सिविरमा दुई सय पाँच जना लाभाम्वित


     एभरेस्ट आवाज    
     जेठ १ गते २०८१ मा प्रकाशित




लेखनाथ । कास्कीको रुपा गाउ पालिकामा रोटरी क्लव अफ लेखनाथले राखेको आँखा सिविरमा दुई सय पाँच जनाले सेवा लिएका छन् ।

हिमालय आँखा अस्पतालको प्राविधिक सहयोग,ग्रिन डेभलपमेण्ट बैक र कामना सेवा विकास बैकको आर्थीक सहयोगमा रुपा गाउपालिकाको वडा नं ५ देउरालीमा रहेको विश्वशान्ति माविमा अध्यनरत विद्यार्थीहरुलाई केन्द्रित गरि सिविरको आयोजना गरिएको हो ।

वर्ष ३ का विनय कुमालको आँखा परिक्षण गरि सुरु भएको कार्यक्रममा वोल्दै रुपा गाउपालिकाका अध्यक्ष नवराज ओझाले आँखाको उचित तरिकाले हेरचाहा गर्न अनुरोध वालवालिकाले मोवाईलको प्रयोग वढि गर्दा आँखा कमजोर हुनेको सख्या वढदै गएकाले यस तर्फ अभिभावकहरु सचेत हुनु पर्ने सुझाव राखेका थिए ।

रोटरी क्लव अफ लेखनाथका अध्यक्ष रामप्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा क्लवका पुर्व अध्यक्ष विश्व प्रकाश कर्माचार्य,विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हस्त कुमार श्रेष्ठ र क्लवका सचिव दिपेन्द्र भण्डारी लगाएतले सिविरबाट रोग लाग्नु पर्वका होशियारीका वारेमा जानकारी लिएर स्वच्छ आँखा बनाउन सकिने धारणा राखेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।