पोखरा – ७ पूर्ण खोप सुनिश्चित वडा घोषणा


     एभरेस्ट आवाज    
     जेठ ३ गते २०८१ मा प्रकाशित




पोखरा । पोखरा महानगरपालिका वडा नं. ७ पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको छ । मंगलबार प्रभातफेरी सहित पूर्ण खोप सुनिश्चितता वडा घोषणा गरिएको हो ।

स्वास्थ्य महाशाखा प्रमुख हेमप्रसाद आचार्यले वडाबाटनै पूर्ण खोपको सुनिश्चितता र दिगोपनाको घोषणा हुनुले राज्यका सबै सम्बन्धित निकायहरुलाई झक्झकाउने बताउँदै अन्य वडाहरु र पुरै देशमा यो सन्देश पुग्ने विश्वास व्यक्त गरे ।

पोखरा ७ का वडा अध्यक्ष राममोहन आचार्यले चालु आव भित्रको १० महिनाको अवधिमा १६ देखि ५९ महिनाका सबै बालबालिकाहरुले १३ प्रकारका खोपका मात्रा पूर्ण रुपले लगाएको बताए ।

घोषणा कार्यक्रम अगाडि वडाको आयोजनामा महिला स्वास्थ्य स्वयम्सेवकीहरु, जनप्रतिनिधिहरु, आमा समुह, टोलविकास संस्था, युवा क्लब लगायत वडामा सक्रिय संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।