पोखरा –६ मा महिलाहरूलाई खाजा बनाउने सिप तथा आयमूलक तालिम


     एभरेस्ट आवाज    
     जेठ २१ गते २०८१ मा प्रकाशित




पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ६ को आयोजनामा महिलाहरूका लागि भएको खाजाका परिकार बनाउने सिपमूलक तथा आयमूलक पाँचदिवसीय तालिम सम्पन्न भएको छ ।

वडा नँ– ६ वडा समितिको कार्यालयको सहयोगमा “खाजाको परिकारहरू तथा आय मूलक” कार्यक्रम जनजाति, अल्पसंख्यक उत्पीडित, मुस्लिम, दलित र निम्न आय भएका बेरोजगार तथा गृहिणीलाई लक्षित गरी सञ्चालन गरिएको थियो ।

साठी जना महिलाहरूको सहभागिता रहेको तालिममा ६ समूह बनाइ प्रशिक्षण दिइएको वडा कार्यालयले जनाएको छ । किङ्गस इन्टरनेशन कलेज प्रा।लि पोखरा शाखाले सहजिकरण गरेको तालिममा सहभागिहरूलाई मःम, चाउमिन,समोसा निम्कीन, रसबरी र तन्दुरी रोटी बनाउन सिकाइएको थियो ।

समापन समारोह कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगर पालिका वडा नं–६ का वडा अध्यक्ष विष्णु बहादुर भट्टराईले तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतार्न सहभागीहरूलाई आग्रह गरे । तालिमबाट सिकेको ज्ञानबाट लाभ लिन सकेमात्र तालिमको औचित्ययता पूरा हुने भएको बताउदै उनले तालिमले बेरोजगारी समस्या न्यूनीकरणमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रमका संयोजक तथा वडा सदस्य शोभा जलारीले जीवन भनेको सिकाई र भोगाई हो, जसले सिक्छ उसले अवश्य कमाउछ उनले भनिन । आर्थिक उर्पाजनका लागि जीवनकाल उत्तरार्ध सम्म पनि सिक्न र सिकाउन छोडन नहुनेमा उनको भनाइ थियो ।

पोखरा महानगर पालिका वडा नं– ६ का वडा सदस्य बासु बरालले तालिममा सिकेको सिपबाट लाभ लिन सकेमात्रै तालिमको औचित्य पुरा हुने बताउँदै, सिकाइलाई प्रभावकारी बनाउन जोड दिए ।

कार्यक्रममा वडा सदस्य दिपेन्द्र पहारी, वडा सचिव राम बहादुर खत्री, अर्मिता गुरुङ श्रेष्ठ, प्रशिक्षक ओम प्रसाद गुरुङ, बिनु गुरुङ, प्रशिक्षार्थिहरू रमा लामिछाने, भागीरथी थापा,दुर्गा थापा, सुनिता परियार, विष्णुमाया परियार लामिछाने, र भगवती वानिया लगाएतकाले तालिमका बारेमा बोलेमा थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।