
हिल पोइन्ट आवासिय मा.वि. माटेपानी पोखरामा ४३ औँ विश्व वातावरण दिवसको अवसरमा प्रभात फेरि तथा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।
‘हाम्रो भूमि, हाम्रो भविष्य’ नाराका साथ आयोजना गरिएको उक्त कार्यक्रमा कक्षा ९ देखि १० सम्म अध्यनरत विद्यार्थीहरुको सहभागिता थियो । उक्त कार्यक्रममा सरसफाइ गर्नुको साथै माटेपानी , सितलादेवि परिसर वरपरका टोल, सार्वजनिक स्थल, बाटो फुटपाथ लगाएतका स्थानबाट विद्यार्थीले करिब ७० केजि फोहोर संकलन गरि कुहिने र नकुहिने फोहोरहरुको व्यवस्थापन गरिएको छ ।


विद्यार्थीलाई प्रत्यक्ष सहभागी गराउदा बालबालिकामा वातावरण संरक्षणमा आफ्नो जिम्मेवारी र आफ्नो कर्तव्य समेत बोध हुने कुरा उनिहरुलाई थाहा हुने विद्यालयका संस्थापक तथा प्राचार्य दिवाकर जैसीले बताए । साथै विद्यालयमा अन्य अतिरीक्त क्रियाकलापमा विद्यार्थीहरुको सहभागीता उल्लेखनिय रुपमा हुने गरेको उनको भनाइ छ । वातावरण प्रदूषणबाट मानव जीवनमा असर पर्दै आएकोतर्फ सबै सचेत हुनुपर्नेमा जैसिको जोड छ ।
उक्त सरसफाई कार्यक्रममा भाइस प्रिन्सिपल गंगाराम पौडेल, शिक्षक भुवन बरुवाल , कमल घिमिरे ,रामकुमार थापा , नेत्र नारायण लामीछाने लगाएतको सहभागिता थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।