पीईसीमा स्नातक अन्तिम वर्षका विद्यार्थीको विदाई


     एभरेस्ट आवाज    
     श्रावण १३ गते २०८१ मा प्रकाशित




साउन १३ पोखरा । पोखरा इञ्जिनियरिङ कलेज (पीईसी) फिर्केमा स्नातक तह अन्तिम वर्षका विद्यार्थीहरुलाई विदाई गरिएको छ ।

आइतबार एक कार्यक्रमका विच स्नातक तहको बि इ सिभिल, वि इ कम्प्युटर र वि आर्चिअटेक्चर कार्यक्रममा अध्ययनरत अन्तिम वर्षका विद्यार्थीलाई विदाई गरिएको हो ।

कलेज र विद्यार्थी परीषद्को संयूक्त आयोजनामा भएको कार्यक्रममा कलेजका प्रिन्सिपल ई. सोम गुरुङ, डाइरेक्टर अम्बर गुरुङ, प्रशासन प्रमुख चिजकाजी गुरुङ, अतिरिक्त कृयाकलाप संयोजक ई. प्रविण श्रेष्ठ लगायतले विद्यार्थीहरुलाई टीका, खादा र मायाको चिनो प्रदान गरेका थिए ।

सो कार्यक्रममा बोल्दै कलेजका प्रिन्सिपल ई. सोम गुरुङले सिकाईको कुनै अन्त्य नहुने भन्दै सिक्ने क्रमलाई निरन्तरता दिन विद्यार्थीलाई आग्रह गरे ।

यस्तै कलेजका डाइरेक्टर अम्बर गुरुङ, प्रशासन प्रमुख चिजकाजी गुरुङ, अतिरिक्त कृयाकलाप संयोजक ई. प्रविण श्रेष्ठ, अनेरास्ववियू कलेज इकाइका अध्यक्ष रवि बराल, ने वि संघ कलेज इकाइका सभापति नम्रता लम्साल, विद्यार्थी परिषदका सदस्य सुभाष पण्डित लगायतले विदाई भएर जान लागेका विद्यार्थीहरुको उज्जवल भविष्यको कामना गरे ।

कार्यक्रममा विदाइ भएर जान लागेकी छात्रा अग्रता शर्माको कविता युक्त मन्तव्यले भावुक बनेकाहरुलाई विद्यार्थीहरुको सांस्कृतिक कार्यक्रमले मनोरञ्जन प्रदान गरेको थियो ।

परिषदका सभापति विराट सिग्देलको अध्यक्षतमा सम्पन्न कार्यक्रमको सञ्चालन मिलन डुम्रे र कृति वाग्लेले गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।