पोखरा ४ गैह्रापाटनमा रहेको नेलम्बो नेपालले विगत ४ वर्षदेखि नै शिक्षक अनुदान दिइरहेको धम्पुसको जनप्रिय आधारभूत विद्यालय र उदय माध्यमिक विद्यालयलाई यस वर्षपनि अनुदान निरन्तरता दिएको छ । सामाुदायिक स्वास्थ्य, स्वास्थ्य र वातावरणको क्षेत्रमा क्रियाशिल नेलम्बो नेपालले यस वर्षपनि दुवै विद्यालयमा शिक्षक अनुदान सहयोग गरेको हो ।
सो सहयोग गर्नेबारे आइतबार सम्झौता भएको संस्थाका कार्यक्रम संयोजक भीम प्रसाद भण्डारीले जानकारी दिए । कार्यक्रममा प्रमुख अतिथि माछापुच्छ«े गाउँपालिका उपाध्यक्ष सीता अधिकारीले नेलम्बो नेपालले समाजिक उत्तर दायित्व गन्र्तरगत राम्रा कार्यक्रमहरु गरेको बताईन् । उनले यस वर्षदेखि गाउँपालिकाले नीति तथा कार्यक्रममा पनि नेलम्बो नेपालका कार्यक्रहरुलाई उच्च प्राथमिकतामा राखेर सामुदायिक स्वास्थ्य, शिक्षा र वातावरणको क्षेत्रमा कार्यक्रमहरु सञ्चालन गर्ने बताईन् ।
माछापुच्छ«े गाउँपालिका वडा नं. ७ का अध्यक्ष बैकुष्ठप्रसाद भण्डारीले नेलम्बो नेपालले वार्षिक १८ देखि २० लाखका योजनाहरु आफ्नो वडाहरुमा सञ्चालन गरेको भन्दै धन्यवाद दिए । साथै उनले आगामी दिनमापनि नेलम्बो नेपालसँग निरन्तर सहकार्य गरी कार्यक्रमहरु सञ्चालन गर्ने बताए ।
संस्थाका अध्यक्ष एकदेव देवकोटाले नेलम्बो नेपाल स्वास्थ्य, शिक्षा र वातावरणको क्षेत्रमा माछापुच्छ«े गाउँपालिका आफ्नो उद्गम थलो रहेको र यसलाई कार्यक्षेत्र बनाएर निरन्तर काम गर्न पाउँलदा खुशि व्यक्त गरे । उनले आवश्यकताका आधारमा संस्थाले विद्यालय तथा समुदायमा अन्य थप कार्यक्रमहरु पनि सञ्चालन गर्दै जानेपनि प्रतिबद्धता जनाए ।
कार्यक्रममा गाउँपालिका शिक्षा शाखा प्रमुख सम्झना पोख्रेल, विद्यालयका प्रधानाध्यपक धनबहादुर क्षेत्री, जनप्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक चुडामणी भण्डारीलगायतले नेलम्बो नेपाल हरेक दुःख साथ दिँदै आएको स्मरण गरे ।
शिक्षक सम्झौता कार्यक्रमको जानकारी संस्थाका कार्यक्रम संयोजक भीमप्रसाद भण्डारीले प्रस्तुत गरेका थिए भने विद्यालय व्यवस्थापन समिति अध्यक्ष यम माया वि.क.को अध्यक्षतामा कार्यक्रम भएको थियो भने सन्चालन शिक्षक अमृतकुमार भण्डारीले गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।