पोखरा । पोखरा महानगरपालिकाले शिक्षा दिवसको अवसरमा पोखरा–५ स्थित धर्मस्थली आधारभूत विद्यालयलाई सम्मान गरेको छ ।
धर्मस्थलीलाई महानगरले गरेको विद्यालय र प्रधानाध्यापको कार्यसम्पादन मूल्याङ्नमा उत्कृष्ट औषत प्रतिशत प्राप्त गर्न सफल भएको भन्दै सम्मान गरिएको हो ।
यसअघि महानगरपालिकाले विद्यालय र प्रधानाध्यापकसँग गरेको कार्यसम्पादन करार सम्झौताको मूल्याङ्कनमा सो विद्यालयले उत्कृष्ट औषत प्रतिशत (७९.७७ प्रतिशत) प्राप्त गरेको थियो ।
विद्यालयलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, प्रमुख प्रशासकिय अधिकृत श्यामकृष्ण थापा, शिक्षा महाशाखा निर्देशक हेमप्रसाद आचार्यले सम्मान गरे ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । नेपाली कांग्रेस रूपा गाउँपालिका वडा नं. ३ र ४ को…







