पोखरा । विद्यार्थीमा नेतृत्व सीप विकास गराउने उद्देश्यले गैह्रापाटनस्थित पश्चिमाञ्चल माविका विद्यार्थीलाई नेतृत्व विकास सीपको तालिम दिइएको छ । “लर्न टु लिड” शिर्षकमा विद्यालयमा कक्षा ११ र १२ मा विभिन्न संकायमा अध्ययन गर्ने क्लास रिप्रेजेन्टेटिभ (सि आर) विद्यार्थीको समूहलाई एक दिने प्रशिक्षण दिइएको हो ।
एभरेष्ट एफएम तथा एभरेस्ट आवाज डटकमका सम्पादक दीपेन्द्र श्रेष्ठले विद्यार्थीलाई सहजिकरण गरेका थिए । सो क्रममा प्रशिक्षक श्रेष्ठले नेतृत्व विकास, नेतृत्वको महत्व, कार्यहरु, असल नेतृत्वका गुणहरु, नेतृत्व शैली, सि आरको महत्व र संचार सीपबारे विद्यार्थीलाई प्रशिक्षण थिए ।
सो अवसरमा उनले क्लास रिप्रजेन्टेटिभ सि आर क्लासको लिडर, भोइस, परिबर्तनको प्रबर्द्दक, टोलीको अभियानकर्ता, बिद्यालयको सद्भाब राजदूत, बृत्ति बिकासको उत्प्रेरक, बिद्यार्थी र बिद्यालय प्रशासन शिक्षक बिचको सेतु, कक्षाका अतिरिक्त क्रियाकलाको संयोजक, बिबाद समाधानको सहजकर्ता, कक्षा ब्यवश्थापक जस्तो जिम्मेवारीको प्रतीक भएको बताए । उनले आफ्नो लिडर आफै भएकोले “सि आर को जिम्मेवारी”, पब्लिक लिडर बन्ने प्रक्रियाको महत्वपूर्ण कडि हुन सक्ने भएकाले सिर्जनशिल, जिम्मेवार र इमानदारीपूर्बक निर्वाह गर्न बिद्यार्थीलाई सुझाब दिए । तालिममा श्रेष्ठले सि आर, यसको अर्थ, महत्व, गर्नु पर्ने कार्य, जिम्मेवारी र असल सि आरका गुणहरुको बारेमा चर्चा गरेका थिए ।
नेता हुनु र असल गुणका साथ नेतृत्व प्रदान गर्नु दुई फरक फरक कुरा भएको बताए । श्रेष्ठले नेतृत्व भनेको साझा लक्ष्य र उद्देश्य प्राप्तिकालागि ब्यक्ति वा समूहलाई उत्प्रेरित गर्दै संगठित गर्ने, थप उत्साहित बनाउने, प्रभाब पार्ने र सशक्त बनाउदै समन्वय र परिचालन गर्ने क्षमता र प्रक्रिया भएको बताए। जिवनमा सक्नेहरु उड्ने, उड्न नसक्नेहरु दौडने, दौडन नसक्नेहरु हिड्ने र हिड्न नसक्नेहरु घस्रिएरै भए पनि अघि बढ्नु पर्नेमा जोड दिदै श्रेष्ठले एकै ठांउमा उभिएर गन्तब्य (लक्ष्य) मा पुग्न नसकिने बताए । उनले सफलताकालागि “एबिसिड” एटिच्यूड (सोच), ब्यालेन्स (सन्तुलन), कन्सिस्टेन्सी (निरन्तरता) र डिसिप्लिन (अनुशासन) महत्वपूर्ण भएकोले व्यबहारमा आत्मसात् गर्न बिद्यार्थीलाई आग्रह गरे ।
विद्यालयले हरेक संकायबाट प्रतिनिधित्व गर्ने क्लास रिप्रेजेन्टेटिभ (सि आर) विद्यार्थीको समूहलाई प्रशिक्षण दिइएको विद्यालयका प्लस टु संयोजक देव क्षत्रीले जानकारी दिए ।
प्राचार्य सरोज कोइरालाले विद्यार्थीलाई अझ अग्रसर बनाउनका लागि प्रशिक्षण दिएको बताए । ‘पछिल्लो पुस्ताका विद्यार्थी कतिपय काममा अग्रसर हुन हिचकिचाउँछन्,उनीहरुमा सक्षम नेतृत्वको सिप विकास गराउन प्रशिक्षण दिएका हौ,’ कोइरालाले भने । पश्चिमाञ्चल माविमा विज्ञान, व्यवस्थापन, होटल व्यवस्थापन, मानविकी र कानुन संकाय अध्यापन हुने शिक्षक सन्तोष पोखरेलले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेपाल परिवार नियोजन संघ कास्कीले यांैन तथा प्रजनन् स्वास्थ्य र परिवार नियोजनका…






