तमु साँस्कृत्क प्रतिष्ठान नेपाल द्वारा लमजुङ र गोर्खामा छात्रवृत्ति वितरण


     एभरेस्ट आवाज    
     असाेज ६ गते २०८१ मा प्रकाशित




पोखरा । तमु साँस्कृतिक प्रतिष्ठान नेपालद्वारा यही असोज ५ गते शनिबार समितिका सदस्यहरु दुई समूहमा विभाजित भइ लमजुङ र गोर्खामा तमु विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको छ ।

संस्थाका द्वितीय उपाध्यक्ष डमरबहादुर तमुको नेतृत्वमा सचिव कन्चन तमु, कोषाध्यक्ष श्यामबहादुर तमु, विद्यार्थी समितिको सदस्य तारा तमु र कार्यालय सचीव गंगामाया तमु लमजुङ जिल्लाको सदरमुकाम बेसीशहर स्थित तमु संग्रहालयको सभाहलमा १६ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरियो । तमु प्ये ल्हु संङ्घ क्ल्हेप्री समितिका केन्द्रीय अध्यक्ष सन्तोष टु तमुले समुदायमा सह्रानिय कार्य गरेको यस तमु साँस्कृतिक प्रतिष्ठान नेपालको कार्यलाई लमजुङका सम्पूर्ण संङ्घ संस्था र समाजहरुले महत्व दिइनु पर्ने कुरामा जोड दिइदै यिनै विद्यार्थीहरु नै भविष्यमा लमजुङ जिल्ला हाँक्ने जनशक्ति हुन भनी उत्प्रेरित गरे । कार्यक्रममा तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद लमजुङका अध्यक्ष जीवराज घले, क्होलासोंथर(२ का पूर्व वडाध्यक्ष बुद्धि प्रसाद तमु, विद्यार्थीहरु श्री बालकल्याण मा।वि। दारिमबोटका छात्र विवेक तमु र छात्रा मेलिन घलेले मन्तव्य राखेका थिए ।

यस शैक्षिकसत्र सत्रमा कक्षा ८-१२ सम्म छात्रवृत्ति प्राप्त जम्मा १८७ जना मध्ये २८ जना र कक्षा ९ मा यस वर्ष छनौटमा परेका जम्मा ८४ मध्ये १२ जना विद्यार्थीहरु लमजुङ जिल्लाका छन् । लमजुङका १० जना विद्यार्थीहरुलाई असोज ३ गते पोखरामा आयोजित कार्यक्रममा छात्रवृत्ति वितरण गरिएको थियो ।

संस्थाका द्वितीय उपाध्यक्ष डमरबहादुर तमुको अध्यक्षतामा सम्पन्न यस कार्यक्रममा स्वागत मन्तव्य कोषाध्यक्ष श्यामबहादुर तमुले र कार्यक्रम संचालन सचीव कन्चन तमुले गरेका थिए ।

त्यस्तै गरि तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद गोर्खाको व्यवस्थापनमा आयोजित छात्रवृत्ति वितरण कार्यक्रमको लागि निवर्तमान अध्यक्ष चिजकाजी तमुको नेतृत्वमा प्रथम उपाध्यक्ष श्रीजङ तमु, सदस्य द्वय लक्ष्मी तमु र लोकबहादुर तमु तथा विद्यार्थी समितिको कोषाध्यक्ष पन्चकुमारी तमुको समूह खटिएको थियो ।

कार्यक्रममा तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद गोर्खाका अध्यक्ष राम तमु, विद्यार्थी पन्चकुमारी तमु, श्री आहाल भञ्ज्याङ् मा।वि। सिरानचोकमा कक्षा १० मा अध्ययनरत छात्रा जेनिसा तमुले आफ्ना भनाइ राखेका थिए ।

जम्मा विद्यार्थी मध्ये २० जना र यस वर्षको नयाँ छनौट भएका १३ गरि जम्मा ३३ जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको यस कार्यक्रममा परिषदका कार्यसमितिका पदाधिकारीहरु तथा सदस्यहरु, नेपाल विद्यार्थी समितिका अध्यक्ष मनोज तमु, तमुस्यो जागृती महिला समिती अध्यक्ष हिमला तमु लगायत शिक्षक, अभिभावक र विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

संस्थाका निवर्तमान अध्यक्ष चिजकाजी तमुको अध्यक्षतामा सम्पन्न यस कार्यक्रम सदस्य लोकबहादुर तमुले सन्चालन गरेका थिए भने प्रथम उपाध्यक्ष श्रीजङ तमुले स्वागत मन्तव्य दिएका थिए । पहिलो चरण पोखरामा ५ जिल्लाका लागि असोज ३ गरे वितरण गरिसकेको र यो दोस्रो चरणको कार्यक्रम रहेको जानकारी सचीव कन्चन तमुले बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।