दमौली । तनहुँको बन्दीपुर गाउँपालिकामा पढाइसँगै सीपको विकास गर्ने उद्देश्यसहित ‘हामी सक्छौँ, हामी गर्छौं’ कार्यक्रम सञ्चालन गरिने भएको छ ।
गाउँपालिकाको आर्थिक वर्ष २०८१÷८२ को वार्षिक कार्यक्रमअनुसार विद्यालयका विद्यार्थीलाई ‘हामी सक्छौं, हामी गर्छौं’ कार्यक्रम सञ्चालन गर्न लागिएको गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद विकास शाखा प्रमुख भीमप्रसाद लामिछानेले जानकारी दिए । गाउँपालिकाले उक्त कार्यक्रम सञ्चालनका लागि कक्षा ८ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरू कम्तीमा ३० देखि ५० जनाको समूहलाई प्रस्ताव पेस गर्न आह्वान गरेको छ ।
विद्यालयले उक्त कार्यक्रममा पेन्टिङ, हाउस वाइरिङ, प्लम्बिङ तथा कपाल काट्ने लगायतका सीपमूलक तालिम कम्तीमा एक महिनासम्म सञ्चालन गर्न सक्ने गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बताए। विद्यार्थीहरूका लागि गुणस्तरीय सिकाइलाई प्रभावकारी बनाउन यस्तो कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ छ ।
थापाले उक्त कार्यक्रमका माध्यमबाट पढ्दै गरेका विद्यार्थीहरू आगामी दिनमा बेरोजगार बन्न नदिन साथै उद्यमशीलाको विकास गरी स्वरोजगार बन्न सक्ने उल्लेख गरे । थापाले भने, “विद्यार्थीको सीपले व्यवहार परिवर्तन हुनुका साथै अभिभावकको शिक्षामा गर्नुपर्ने आर्थिक लगानीको दायित्व घट्ने विश्वास व्यक्त गरिएको छ ।”रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


जिल्ला समन्वय समिति, कास्कीले चाडपर्वको समयमा बजार अनुगमन र यातायात संचालनको क्षेत्रलाई…







