पातञ्जल योग प्रशिक्षक पुर्नताजगी तालिम सम्पन्न


     एभरेस्ट आवाज    
     मंसिर ३ गते २०८१ मा प्रकाशित




पोखरा । पातञ्जल योग समिति नेपाल, गण्डकी प्रदेश प्रशिक्षण विभाग उपसमितिको आयोजनामा १५ दिने योग प्रशिक्षक पुर्नताजगी कार्यक्रम समापन भएको छ ।

प्रमुख अतिथि गण्डकी प्रदेश निति तथा योजना आयोगका सदस्य माननीय दिपक भण्डारीले कार्यक्रमको उद्घाटन गर्दै आफु भित्र अनन्त प्रशन्नता, सुख, शान्ति र ज्ञानको अनुभव गर्नु नै योग हो र आफ्नै स्वासमा अन्तरमुखि हुनु, जिवनलाई बुझ्नु, शुद्ध धर्मलाई बुझि, मन र चित्तलाई निर्मल बनाउनु नै साधना भएको वताए ।

साथै उनले यो सन्सारमा हामीले भोगिरहेको सुख, दुख, राग द्धेस, सबै अनित्य छन, नासवान छन्, क्षणिक छन् । शुद्ध धर्म बुझ्ने साधकलाई यसले कुनै प्रभाव पार्न नसक्ने वताए ।

सो अवसरमा पातञ्जल योग समिति नेपालका केन्द्रिय उपाध्यक्ष कमला गुरुङ, केन्द्रिय सदस्य रश्मि भण्डारी, प्रदेश कोषाध्यक्ष सपना गुरुङ, कास्की जिल्ला सचिव मुक्ति पनेरु, स्वतन्त्र पत्रकार संघ कास्कीका अध्यक्ष कृष्ण रानाभाट, प्रशिक्षार्र्थीको तर्फबाट सुनिता भण्डारी र सरिता पहारीले वोलेका थिए ।

सो अवसरमा पातञ्जल योग समितिका केन्द्रिय सदस्य दिपक भण्डारी गण्डकी प्रदेश निति तथा योजना आयोगका सदस्यमा मनोनित भएकोमा सम्मानपत्र, दोसल्लाले सम्मान गरिएको थियो ।

त्यसै गरी १५ दिनसम्म प्रशिक्षण दिएकी योग प्रशिक्षक कमला गुरुङलाई पनि सम्मान पत्र, दोसल्लाले सम्मान गरिएको थियो ।

कार्यक्रममा ७ वटा साधना केन्द्रका २४ जनाको सहभागिता रहेको थियो । गत कार्तिक १५ गते देखि मंसीर २ गतेसम्म संचालन भएको उक्त तालिममा सहभागीहरुलाई प्रमुख अतिथिले प्रमाणपत्र बितरण गरिएको थियो ।

पातञ्जल योग समिति नेपाल गण्डकी प्रदेश कार्यबहाक अध्यक्ष तथा तालिम संयोजक बिश्वकुमार प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला उपाध्यक्ष संगिता पराजुलीले स्वागत र प्रदेश सदस्य नवराज पौडेलले कार्यक्रम संचालन गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।