प्रतिभामा प्रतिभा प्रस्फुटन कार्यक्रम


     एभरेस्ट आवाज    
     मंसिर ५ गते २०८१ मा प्रकाशित




विद्यार्थीहरूको पढाइका सँगसंगै उनीहरूमा रहेको अन्तर्निहित प्रतिभालाई प्रस्फुटन गराउने उद्देश्यले पोखराको नदीपुरमा अवस्थित प्रतिभा माध्यमिक विद्यालयले त्रिदिवसीय प्रतिभा प्रस्फुटन कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमका विशेष अतिथि तथा विद्यालयका संस्थापक प्राचार्य किरण सापकोटाले विद्यार्थीहरूको प्रतिभालाई उजागर गर्नका लागि विद्यालयले समय समयमा यस्ता कार्यक्रम गर्दै आइरहेको बताउदै विद्यार्थीहरूबाट विभिन्न सांस्कृति झल्कने नृत्यबाट आफू अत्यन्त हर्षित भएको बताए । विद्यालयका हरेक छोराछोरीहरू प्रकृतिका अनुपम उपहार भएको बताउँदै बगैँचारुपी फूलहरूले बारबार स्याहार सुसार र हेरचाह पाएर फक्रने र फुल्ने मौका पाएकोे बताए ।

विद्यार्थी केन्द्रित उक्त कार्यक्रममो कक्षा ६ देखि कक्षा १०सम्म अध्ययनरत विद्यार्थीहरूको प्रतिभा प्रस्फुटनमा नृत्य विधाअन्तर्गत करिव असी ओटा विधाहरूमा विभिन्न जातजाति, क्षेत्र, सामाजिक, संस्कृति झल्कने नृत्यहरूमा आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।
कक्षागत रुपमा भएको उक्त कार्यक्रममा कक्षा छ बाट सुरक्षा चपाई र स्मृति तिमिल्सिना प्रथम, साहिल थापाको समूह द्वितीय, समृद्धि पराजुली तृतीय र साजल ताम्रकारको समूह, दीपशिखा केसी, अभिषेक सुवेदी र क्षितिज सापकोटा सान्त्वना भएका छन् । त्यसैगरी कक्षा ७ र ८बाट अदिति श्रेष्ठ र वर्षा गुरुङ प्रथम, सिल्विया के सी र आर्या थकाली द्वितीय, दिव्या पौडेल, आसिमा सेन र सामना कँडेल तृतीय र जोतिन्मा ताम्राकारको समूह र जेवीना गुरुङ सान्त्वना भएका छन् । त्यस्तै कक्षा ९ र १० बाट चाहना थापाको समूह प्रथम, सान्भी लमिछानेको समूह द्वितीय, ग्लोरी राना र व्रिmसा बालकोटी तृतीय र व्रिmस्पी श्रेष्ठको समूह सान्त्वना भएका छन् ।
कक्षा दशमा अध्ययनरत छात्र सुशान्त भुषालको अध्यक्षतामा भएको उक्त कार्यक्रम कक्षा ९ मा अध्यनरत प्रशन्न ढकालले स्वागत मन्तव्य दिएका थिए भने कार्यक्रममा मिलन तामाङ र युवराज गुरुङले निर्णायकको भूमिका गरेका थिए । कार्यक्रमको सञ्चालन अतिरिक्त क्रियाकलाप प्रमुख प्रकाश अधिकारी र विद्यार्थीहरू दीक्षान्त थापा, लक्षिता राना र सिजन गुरुङले गरेका थिए । विजेताहरूलाई कार्यक्रमका विशेष अतिथि तथा विद्यालयका प्राचार्य किरण सापकोटा, सहायक प्राचार्यद्वय प्रदीप खनाल, बुद्धिमोहन पौडेल लगायत अन्य अतिथिहरूले पुरस्कार वितरण गरेका विद्यालयका नेपाली विभागका प्रमुख विष्णुप्रसाद पौडेलले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।