पोखरा । पोखरा महानगरपालिका वडा नं ४ गैह्रापाटनमा रहेको यस क्षेत्रको प्रतिष्ठित विद्यालय कुमुदिनी होम्समा ३८ औं वर्षगाँठको अवसरमा चित्रकला प्रदशी गरेको छ ।
विद्यालयले मंसिर २९ गते ३८ वर्षमा प्रवेश गर्न लागेको खुसियालीमा आयोजना गरेको चित्रकला प्रदर्शनीमा कास्कीका विभिन्न २९ विद्यालयका ५८ जना विद्यार्थी सहभागि भएका छन् । उनीहरुमा कक्षा ६ देखि ८ सम्म र कक्षा ९ देखि १२ कक्षाका विद्यार्थी सहभागि भएका छन् ।
विद्यालयले हरेक वर्ष आर्ट कम्पिटिसन गर्दै आएको छ । यसमा निजी, सामुदायिक तथा सरकारी विद्यालयहरु सहभागि हुँदै आएका छन् । उनीहरुले आफुलाई मन लागेको विषयमा चित्र बनाएका विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेले बताए ।
चित्रकलामा सरिक भएको दिन आज सहभागिताको प्रमाण पत्र दिईएको बताए । उनीहरुको नतिजा भने २९ मंसिर २९ गते आयोजना हुने प्यारेन्ट्स डे को अवसरमा प्रकाशनसहित पुरस्कार वितरण गरिने विद्यालयका भाईस प्रिन्सिपल मुकेश कुमार अधिकारीले बताए । उनीहरुमा पहिलो हुनेले रुपैयाँ ७ हजार र मेडल, दितिय हुने ५ हजार र मेडल तथा तृतिय हुनेले २ हजार र मुडल प्रमाण पत्र पाउनेछन् ।
यस्तो प्रतियोगिता गर्नु भनेको विद्यालय र विद्यार्थीहरुबीच मैत्रीपूर्ण भावना जागृत गराउनु, सामाजिक उत्तरदायित्व र परिचित हुने कार्य भएको पालिखेले बताए । सबै अन्य विद्यालयका विद्यार्थीलाई एउटै थलोमा ल्याउनु भनेको फेलोसिप पनि हो । यो अँझ प्रतियोगिता भन्दा पनि समजदारी र समन्वयको विकास होस् भन्ने पनि हो ।
हामीले विद्यालयमा म्युजियम बनाएका छौं । यहाा १९० जनाको राष्ट्रिय, अन्तराष्ट्रि ख्यातीप्राप्त कलाकार तेज हादुर चित्रकार, चन्द्रमान मास्के र नयाँ कलाकार लगायतका कलाकारहरुका ४ सय चित्रहरु राखेका छौं ।
यि चित्रहरु हेरेपछि उनीहरुले कलाको बारेमा जानकारी पाउनछन् र भविष्यमा कलाकै पढाईको लागि लाग्ने विद्यार्थीको लागि बलियो श्रोतको रुपमा रहेको बताए । पालिखेले डाक्टर, इन्जिनियर बन्नैपर्छ भन्ने पनि छैन कला, यस्तै अन्य क्षेत्रबाट पनि आफ्नो खुट्टामा उभिन सक्छन् भन्ने मेरो लावि छ ।
हामीले धेरै ठूलो लगानी गरेर म्य्जियम बनाएका हौं । यो बहुउदेश्य बोकेको छ । जहाँ नेपालमै एउटा सबैभन्दा धेरै चित्र संकलन गरिएको म्युजियमको रुपमा रहेको छ । पालिखेले यसको अवलोकनको लागि निःशुल्क गरिएको जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरामा जुवा (कौडा) खेल्ने र खेलाउने गरी ७ जना पक्राउ परेका छन्…







