सहारा बाल आधारभूत विद्यालयलमा हाजिरिजवाफ प्रतियोगिता सम्पन्न


     एभरेस्ट आवाज    
     मंसिर ७ गते २०८१ मा प्रकाशित




पोखरा महानगरपालिका वडा नं ९, मा रहेको सहारा बाल आधारभूत विद्यालयलले सोही वडामा रहेका सामुदायिक विद्यालयहरु माझ आधारभूत तह(१-८) स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ ।

प्रतियोगिताको उद्‍घाटन समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथी वडा नं ९, का वडा अध्यक्ष दिपेन्द्र मर्सानीले आफ्नो वडामा रहेको विद्यालयहरु विच यस किसिमको कार्यक्रम हुनुले बालबालिकाहरुमा थप अन्तरनिहित प्रतिभा प्रष्फुटन हुने धारणा राखे ।

कार्यक्रमका विशेष अतिथी सहारा क्लब हङ्कङका कार्यसमिति सदस्य कपिल देव गुरुङले यस किसिमको कार्यक्रमले निरन्तरता सधै पाउनुपर्ने धारणा राख्दै कार्यक्रममा सहभागी हुन पाउदा निकै खुशि व्यक्त गरे ।

विभिन्न ६ राउण्डमा सञ्‍चालन गरिएको प्रतियोगितामा सहारा बाल आधारभूत विद्यालय प्रथम, नवप्रभात मा।वि। दोस्रो र महेन्द्र मा।वि तेस्रो हुन सफल भएका थिए । उत्कृष्ठ विद्यालयका प्रतियोगीहरुलाई नगद पुरस्कार सौजन्यकर्ता कपिल देव गुरुङ, प्रमाणपत्र जनप्रतिनिधि नन्दराम गिरि त्यसैगरि ट्रफी प्रमुख अतिथि वडा नं ९, का वडा अध्यक्ष दिपेन्द्र मर्सानीले वितरण गरेका थिए ।

सामुदायिक विद्यालयहरु माझ सञ्‍चालन गरिएको कार्यक्रमा महेन्द्र माध्यमिक विद्यालयका प्राचार्य रामदत्त पौडेल, सहारा क्लब पोखराका अध्यक्ष केशवराज बराल, विद्यालयका प्रधानाध्यापक लोचना अधिकारी र जनप्रतिनिधी नन्दराम गिरिले मन्तब्य राखेका थिए ।

कार्यक्रमका सभाध्यक्ष एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विक्रम थकालीले मन्तव्यका क्रममा कार्यक्रमको सम्पूर्ण खर्चको सौजन्य प्रदान गर्नुहुने कपिल देव गुरुङ, उहाको धर्मपत्नी राधा गरुङ र छोरा अनिष गुरुङ लगाएत कार्यक्रमका प्रमुख अतिथी, विशेष अतिथीहरु, अतिथीहरु, विभिन्न विद्यालयका प्रधानाध्यापकहरु, शिक्षकहरु, विद्यार्थीहरु सवैको उपस्थीति र पहलले नै कार्यक्रम उत्कृष्ठ भएकोमा खुशि व्यक्त गर्दै धन्यावाद ज्ञापन गरे ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।