पोखरामा फिस्टेल आईभिएफ एण्ड फर्टिलिटी सेन्टरको समुद्घाटन


     एभरेस्ट आवाज    
     मंसिर ९ गते २०८१ मा प्रकाशित




पोखरा । पोखरामा फिस्टेल आईभिएफ एण्ड फर्टिलिटी सेन्टर गैह्रापाटनको सेवा शुभारम्भ गरिएको छ । सेन्टरले आधुनिक चिकित्सा प्रविधिको प्रयोग गर्दै बाँझोपन समस्याको समाधानका लागि पूर्ण सेवाहरू उपलब्ध गराउने बताइएको छ ।
प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले फिस्टेल आईभिएफ निःसन्तान दम्पतीहरूका लागि खुशीको स्रोत बन्ने विश्वास व्यक्त गरे । उनले यस्तो सुविधा सम्पन्न केन्द्रले न केवल परिवारहरूको जीवनमा परिवर्तन ल्याई, मेडिकल पर्यटनको सम्भावनालाई पनि उजागर गर्ने आशा ब्यक्त गरे । थोपा थोपा मिलेर समुद्र बने जस्तै यस्तै यस्तै सेवा बिस्तारले पोखरालाई समृद्द स्वास्थ्य हब बनाउन योगदान दिने बताए ।

कार्यक्रममा तमु धिं नेपालकी संस्थापक अध्यक्ष कर्मकुमारी गुरुङले बाँझोपन समस्याको समाधानसँगै महिला स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने यस्ता परियोजनाहरूले समाजमा महत्वपूर्ण योगदान दिने कुरा बताइन् । तमुले सन्तानको रहर हरेक बिबाहित महिलालाई हुने बताउदै यसको आवश्यकता फिस्टेल आइभिएफले पुरा गर्ने अपेक्षा गरे ।
कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले फिस्टेल आईभिएफले क्षेत्रीय स्वास्थ्य सेवामा क्रान्ति ल्याउने आशा व्यक्त गरे । पाण्डेले फिस्टेल आईभिएफले स्वास्थ्य प्रोटोकलको ख्याल गरेर संचालन गर्न सुझाब दिए ।
फिस्टेल हस्पिटल एण्ड रिसर्च सेन्टरका अध्यक्ष डा. भोला श्रेष्ठले यो केन्द्र फिस्टेल हस्पिटलको सिस्टर कम्पनी रहेको र यसले बाँझोपन समाधानका लागि उन्नत प्रविधि र विशेषज्ञ जनशक्तिको प्रयोग गर्ने बताए ।
डा. गोमा तुलाचनले केन्द्रले उच्चस्तरीय सेवा र व्यक्तिगत हेरचाह उपलब्ध गराएर दम्पतीहरूलाई मातृत्व र पितृत्वको यात्रामा सघाउने बताइन् ।आफ्नो परिकल्पना अनुज पुस्ताको सहकर्मि चिकित्सक डा अनु हिराचनको नेतृत्वमा भएकोमा उनले प्रशन्नता ब्यक्त गरे ।
फिस्टेल आईभिएफका निर्देशक अशोक पालिखेले धन्यवाद ज्ञापन गर्दै केन्द्रको सफलता र दम्पतीहरूको विश्वास जित्ने लक्ष्य प्रस्तुत गरे । फिस्टेल हस्पिटल पोखराको एक प्रतिष्ठित हस्पिटल भएको दाबी गर्दै पालिखेले सेन्टरले “सेन्टर अफ एक्सेलेन्स” कायम गर्ने प्रतिबद्दता ब्यक्त गरे ।
फिस्टेल आईभिएफ एण्ड फर्टिलिटी सेन्टरका अध्यक्ष स्त्री रोग विशेषज्ञ र आइभिएफ स्पेसलिस्ट डा. अनु हिराचनले स्वागत मन्तव्यका क्रममा गण्डकी प्रदेशमा २२ प्रतिशत दम्पती बाँझोपन समस्याबाट ग्रस्त रहेको तथ्य प्रस्तुत गर्दै फिस्टेल आईभिएफले आधुनिक उपचार विधि र विशेषज्ञ सेवा उपलब्ध गराउने प्रतिवद्धता जनाइन् । डा. हिराचनले यो केन्द्रले समय र पैसाको बचत गर्दै दम्पतीहरूको मातृत्व र पितृत्वको यात्रा सहज बनाउने बताइन् । “क्रियटिंग लाइफ विथ केयर, अ कम्प्लिट सोलुसन टु फर्टिलिटी” मन्त्रका साथ शुभारम्भ गरिएको सेन्टरमा उच्च उन्नत सुविधाहरु, अनुभवी विशेषज्ञ, व्यक्तिगत हेरचाह र समग्र दृष्टिकोण सेवा प्राप्त हुने बताईएको छ ।

स्त्रीरोग विशेषज्ञ र आइभिएफ स्पेसलिस्ट डा. अनु हिराचनको अध्यक्षतामा भएको कार्यक्रममा चिकित्सक, विभिन्न प्रतिष्ठित व्यक्तित्वहरू, चिकित्सक, र स्थानीय जनसमुदायको उपस्थिति रहेको थियो।

फिस्टेल आईवीएफ एण्ड फर्टिलिटी सेन्टरले आईयुआई, आईभिएफ, आईसिएसआई, एफईटि जस्ता आधुनिक प्रविधिहरू, प्रजनन क्षमता संरक्षण सेवाहरू, र बाँझोपनको उपचारसम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराउनेछ। सेन्टरमा प्रजनन क्षमता संरक्षण अण्डा फ्रिजिङ, स्पर्म फ्रिजिङ, भ्रूण फ्रिजिङ, ओभुलेशन इन्डक्शन, वीर्य विश्लेषण, हिस्टेरोस्कोपी, एचएसजी, प्रसवपूर्व हेरचाह जाँच, पूर्व प्रत्यारोपण जेनेटिक परीक्षण, पूर्व अवधारणात्मक विश्लेषण सेवा उपलब्ध रहेको सेन्टरले बताएको छ । केन्द्र गण्डकी प्रदेशको बाँझोपन समाधानको लागि प्रमुख चिकित्सा संस्था बन्ने विश्वास लिइएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।