पोखरा । नेपाल स्काउट गण्डकी प्रदेशको आयोजनामा पोखरा २६ स्थित श्री सृजना बहिरा आवासिय माबिमा जलबायु परिबर्तन सम्बन्धि छलफल तथा अन्तरक्रीया सहित अभिमुखिकरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।
कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गरेका थिए। प्रमुख पौडेलले जलवायु परिबर्तनका कारण समग्र पृथ्वी न खतरामा परेको दिनानुदिन बढ्दो प्रदूषण नियन्त्रण गर्न सबै क्षेत्रका ब्यक्ती सचेत र जागरुक हुनुपर्ने बताए ।
पौडेलले अभिमुखिकरण मार्फत बिद्यार्थिहरूमा चेतना जगाउन कार्यक्रम फलदायी हुने बिश्वास व्यक्त गरे ।
कार्यक्रममा बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष प्रकाशलाल श्रेष्ठ , प्रधानाध्यापक सुनिल कुमार भण्डारी ,नेपाल स्काउट गण्डकीका सुशासन तथा बित्त आयुक्त गङ्गाधर बराल , स्काउट गण्डकीका कार्यकारी समिति सदस्य अनिता राई , स्काउट गण्डकीका सदस्य सचिब बिजय पौडेल सहितले जलवायु परिबर्तन न्यूनीकरण बिषयमा आ आफ्नो भनाइ राखेका थिए।
नेपाल स्काउट गण्डकी प्रदेसका सभापति सागर पौडेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।