२४ औं स्थापना दिवसको अवसरमा कास्की बचत तथा ऋण सहकारी संधको रक्तदान कार्यक्रम


     एभरेस्ट आवाज    
     मंसिर १७ गते २०८१ मा प्रकाशित




पोखरा । कास्की बचत तथा ऋण सहकारी संधको २४ औं स्थापना दिवसको अवसरमा आइतवार आयोजित खुल्ला रक्तदान कार्यक्रममा ३४ युनिट रगत संकलन भएको छ ।

संधको आयोजन र रक्तसञ्चार केन्द्र पोखराको प्रविधिक सहयोगमा आयोजित कार्यक्रममा सहकारी रजिष्ट्रारको कार्यलय गण्डकी प्रदेशका रजिष्ट्रार भेषराज रिजालले संस्थापक अध्यक्ष नारायण शर्मा र सधंका राष्ट्रिय प्रतिनिधि बर्षा केशव पराजुलीलाई वल्ड व्याग हस्तान्तरण गरि उद्धघाटन गरे ।

रिजालले सहकारी मुल्य मन्यता र सिद्धान्त मुताविक सहकारी ऐन नियमवली अनुसार संस्था सञ्चालन गर्नुपर्नेमा जोडदिनु भयो । नियमविपरित सञ्चालनमा रहेका सहकारीहरुलाई कानुनी दायरमा ल्याउन जुनसुकै कदम चाल्न पछि नर्पे, नियम विपरीत रहेका केहि सहकारीहरुलाई सहकारी ऐन नियममा रहन निरन्तर ताकेता गरेको समेत उल्लेख गरे ।

कार्यक्रममा संस्थाका निर्वतमान अध्यक्ष भेषराज बराल,पोखरा महानगर सहकारी समिति अध्यक्ष रविरमण तिवारी, नेफ्सकुन संचालक कमला गिरि लगायतले सहकारीको पछिल्लो अवस्था बारे चिन्ता व्यक्त गरेका थिए ।

संधका उपाध्यक्ष एवं कार्यवाहक अध्यक्ष ईश्वर प्रसाद सुबेदीको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत कोषाध्यक्ष केशवशरण पौडेलले र संचालन सधंका सचिव मिनराज तिमाल्सिनाले गरेका थिए । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।