
पोखरा । सिद्धार्थ क्लब पोखराले आयोजना गरेको रक्तदान कार्यक्रममा ६५ यूनिट संकलन भएको छ । क्लबले प्रादेशिक रक्त संचार सेवा पोखराको प्राविधिक सहयोगमा पोखरा–४ मानवअधिकार चोकमा उक्त कार्यक्रम गरेको हो ।
सोही अवसरमा कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं ४ का अध्यक्ष देवकृष्ण पराजुलीले कार्यक्रम संयोजक सुनिल श्रेष्ठलाई ब्लड व्याग हस्तान्तरण गरी रक्तदान कार्यक्रम शुभारम्भ गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि देवकृष्ण पराजुलीले सिद्धार्थ क्लबका कार्यक्रमहरुको प्रशंसा गर्दै क्लबका सामाजिक कार्यक्रमहरुमा वडा कार्यलयको सहयोग रहने प्रतिवद्धता व्यक्त गरे । साथै उनले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरे । यसै गरि क्लबका सल्लाहकार समिति संयोजक पार्वती माकाजूले मानवीय सेवा भाव सहित घुम्ती रक्तदान गर्दै रक्तदान कार्य सुरु गरेको सिद्धार्थ क्लबले धेरै संघ संस्थाहरुलाई रक्तदान गर्न प्रेरित गरेको चर्चा गरिन ।
समाजमा रगतको आवश्यकता भएको बेला रगत अभावकै कारणले हुन सक्ने मानवीय क्षतिलाई न्यूनिकरण गर्ने उद्येश्य राखी क्लबले स्थापना काल २०४१ साल देखीनै नियमित तथा आकस्मिक रक्तदान कार्यक्रम गर्ने गरेको जानकारी गराउँदै सभाध्यक्ष देवेन्द्र पराजुलीले सहयोगी, शुभचिन्तक एवं रक्तदान गर्ने सम्पूर्ण दाताहरुलाई धन्यबाद दिए ।
संयोजक सुनिल श्रेष्ठले स्वागत मन्तव्य राखेको कार्यक्रम सचिव प्रमोद नारायण श्रेष्ठले सञ्चालन गरेक थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।