प्रा डा बुद्धिबहादुर थापा र श्रीमती हरी अधिकारी थापाको ५१औँ विवाहउत्सवको अवसरमा मानवसेवा आश्रममा भोजन दान


     एभरेस्ट आवाज    
     फागुन २४ गते २०८१ मा प्रकाशित




पोखरा । चिफ कन्सल्ट्यान्ट फिजिसियन प्रा डा बुद्धिबहादुर थापा र उनकी जीवनसंगिनी श्रीमती हरी अधिकारी थापाले आफ्नो ५१औँ विवाह वार्षिकोत्सव समाजसेवामार्फत विशेष रूपमा मनाएका छन्।

स्वास्थ्य तथा समाजसेवामा सक्रिय थापा दम्पतीले मानव सेवा आश्रमका वृद्धवृद्धा, असहाय र विपन्न नागरिकहरूलाई भोजन गराउँदै आफ्नो विशेष दिनलाई समाजसेवाको माध्यमबाट अर्थपूर्ण बनाएका हुन्। डा. थापाले यस्ता सेवामूलक कार्यहरू गर्न पाउँदा आत्मिक सन्तुष्टि मिल्ने बताउँदै समाजप्रति आफ्नो दायित्व अझ प्रगाढ भएको अनुभव व्यक्त गरे।

प्रा. डा. बुद्धिबहादुर थापा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका संस्थापक उपकुलपति, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका पूर्व मेडिकल सुपरिटेन्डेन्ट तथा फेवासिटी हस्पिटलका संस्थापक सदस्य समेत हुन्।

यस सेवामूलक कार्यक्रममा थापा परिवारका सदस्यहरूको पनि उपस्थिति थियो । थापा दम्पतिका जेठा छोरा सह प्रा डा सुरेश थापा (चिफ कन्सल्ट्यान्ट ग्यास्ट्रोएन्टेरोलोजिस्ट), बुहारी प्रा डा रोहिणी सिग्देल थापा (चिफ कन्सल्ट्यान्ट एनेस्थेसियोलोजिस्ट), कान्छा छोरा सह प्रा डा मदन थापा (सिनियर कन्सल्ट्यान्ट इन्टरभेन्सन रेडियोलोजिस्ट), कान्छी बुहारी बन्चिता भट्टराई थापा (एमबीए) व्यवसाय क्षेत्रमा क्रियाशील छिन्।
उनका नाति दिगान्तजंग थापा, नातिनीहरु शाम्भी श्रीला थापा, दिशानी लक्ष्मी थापा पनि कार्यक्रममा उपस्थित भएका थिए।
मानवसेवा आश्रमका प्रतिनिधिले डा. थापा दम्पतीको यस परोपकारी कार्यको उच्च प्रशंसा गर्दै धन्यवाद व्यक्त गरेका छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।