समृद्धिका लागि राजनीतिमा प्रतिस्पर्धा अवश्यक : स्वास्थ मन्त्री पाठक


     एभरेस्ट आवाज    
     फागुन २६ गते २०८१ मा प्रकाशित




पोखरा । गण्डकी प्रदेश सरकार अन्तर्गत पोखरा महानगरपालिका वडा १६ मा संचालित मातृशिशु मितेरी प्रादेशिक अस्पताल व्यवस्थापन समितिका नबनियुक्त पदाधिकारीहरूको पदस्थापन सोमबार सम्पन्न भएको छ ।

गण्डकी प्रदेश सरकारको प्रादेशिक अस्पताल गठन आदेश२०८०  मा ब्यबस्था भए अनुसार जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेल अध्यक्ष रहने ब्यबस्था अनुसार अध्यक्ष पौडेल सहित समितिका सदस्यहरूको पदस्थापन गरिएको हो।

ब्यबस्था अनुसार सम्बन्धित स्थानिय तह प्रमुख पोखरा महानगरपाकिका प्रमुख धनराज आचार्य , पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की , जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी वा प्रतिनिधि , सदस्य र अस्पतालका ब्यबस्थापन समितिका सदस्य सचिब सोहि अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट रहने ब्यबस्था छ ।

कार्यक्रममा गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले पदस्थापन गराएका हुन् ।

सो अबशरमा मन्त्री पाठकले राजनितीमा प्रतिस्पर्धा बिकासमा सहभागिताको अबधारणामा काम गर्न सबै पक्षलाई आव्हान गरे। मन्त्री पाठकले स्वास्थ्य सेवालाई प्रभाबकारी बनाउन गण्डकी प्रदेश सरकार संचालित अस्पतालहरूको स्तरोन्नति सहित हर पक्षबाट सबल र सक्षम बनाउन प्रदेश सरकार प्राथमिकताका सहित निति कार्यक्रम निर्माणमा लागेको बताए।

उनले प्रदेशमा बिशिष्टिकृत सेवा सहितका अस्पतालको निर्माणमा सरकार लाग्ने उल्लेख गर्दै स्वास्थ्य सेवा सहज र सरल बनाउदै आम जनताको पहुँचमा रहने सेवाहरूको प्रबाहमा ध्यान पुर्याउन सबैको ध्यानाकर्षण गराए ।

अस्पताल ब्यबस्थापन समितिका नबनियुक्त अध्यक्ष लिलाधर पौडेलले अस्पताललाई समुन्नत र सेवाहरूको सबलिकरणामा सबै निकायहरूको सहयोग र समन्वयमा आफ्नो समिति दत्तचित्त भएर लागि पर्ने प्रतिबद्धता व्यक्त गरे ।

अध्यक्ष पौडेलले गण्डकी प्रदेश सरकारले परिकल्पना गरेको स्वस्थ गण्डकीबासी ,समृद्ध गण्डकी निर्माणको अभियानलाई सार्थक बनाउन सबै क्षेत्र र समुदाय लागि पर्न आग्रह गरे ।

पोखरा महानगर प्रमुख धनराज आचार्यले जनशक्ति सहित अन्य भौतिक र प्राबिधिक बिकासमा महानगर कटिबद्धता सहित लागी पर्ने उल्लेख गरे।

सो अबसरमा अस्पतालका पूर्ब अध्यक्ष समेत रहनुभएका पोखराका पूर्ब मेयर तथा गण्डकी प्रदेश सभा पूर्ब सदस्य कृष्ण थापा गण्डकी प्रदेशका स्वास्थ्य सचिब डाक्टर बिश्वबन्धु बगाले ,अस्पताल ब्यबस्थापन समितिका पूर्ब अध्यक्ष अध्यक्ष उषा बरूवाल, अस्पतालका ब्यबस्थापन समितिका सदस्य सचिब मेडिकल सुपरिटेन्डेन्ट डाक्टर धर्मदेब ढकाल सहितले मन्तव्य व्यक्त गरेका थिए ।

सो अबसरमा अस्पताल ब्यबस्थापन समितिका निबर्तमान समितिका पदाधिकारीहरूको बिदाइ समेत गरिएको थियो।

कार्यक्रम सो अस्पताल ब्यबस्थापन समितिका निबर्तमान अध्यक्ष धर्मराज थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।