पोखरा फाइनान्स लिमिटेडको २८ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम


     एभरेस्ट आवाज    
     चैत्र ३ गते २०८१ मा प्रकाशित




पोखरा फाइनान्स लिमिटेडले आफ्नो २८ औ वार्षिकोत्सवको अवसरमा वित्तीय संस्थाको केन्द्रिय कार्यालयको प्राङगणमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

वित्तीय संस्थाका अध्यक्ष श्री राज कुमार गुरुङले वित्तीय संस्थाका सञ्चालक श्री प्रतिक गुरुङलाई ब्लड ब्याग हस्तान्तरण गरी शुभारम्भ भएको रक्तदान कार्यक्रममा संस्थाका कर्मचारी र सर्वसाधारणले रक्तदान गरेका थिए ।

वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री प्रकाश गुरुङले स्थापनाकालको २८ औ वर्षसम्म आईपुग्दा संस्थाले ठुलो संख्यामा ग्राहकहरुलाई अत्याधुनिक बैकि∙ सुविधा सहितको सेवा प्रदान गर्नुका साथै संस्थागत सामाजिक उत्तरदायित्वको कामहरुमा समेत सहभागी भई सामाजिक कार्यहरुलाई उच्च प्राथमिकता दिदै अघि बढिरहेको जानकारी दिदै वित्तीय संस्थाको यस निरन्तर यात्रामा सदभाव र सहयोग गर्नुहुने सम्पृ्र्ण ग्राहक महानुभाव, सेयरधनी, शुभचिन्तक एवं कर्मचारी तथा नियामक निकायप्रति हार्दिक धन्यवाद व्यक्त गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।