खाद्य शुद्धतालाई दृष्टिगत गर्दै अर्गानिक फुड बैंक


     एभरेस्ट आवाज    
     चैत्र १८ गते २०८१ मा प्रकाशित




पोखरा । बजारमा बढ्दो विषादीयुक्त अशुद्ध खाद्यान्नको बिक्री बितरणका कारण मानव स्वास्थ्यमा नै गम्भीर प्रभाव परिरहेको अवस्थामा खाद्य शुद्धतालाई दृष्टिगत गर्दै पोखरामा अर्गानिक फुड बैंक सञ्चालनमा ल्याइएको छ ।

दीपक जोशी उहाँका श्रीमती खुश्वु जोशी सहितको सकृयतामा अर्गानिक फुड बैंक सञ्चालनमा ल्याइएको हो । पोखरा महानगरपालिका वडा नं १२ भृकुटी टोल(परिवार नियोजन संघको भवनदेखि ५०० मिटर उत्तरपूर्व) सञ्चालनमा आएको फुड बैंकको एक समारोहका बीच आर के हस्पिटालिटी ह्युमन रिसोर्स म्यानेजमेन्ट प्रा.लि.का सञ्चालक बरिष्ठ सेफ आर.के.लामाले उद्घाटन गरे ।

कार्यकममा बरिष्ठ सेफ लामाले विषादीयुक्त अशुद्ध खाद्यान्नहरूका कारण मानवीय स्वास्थ्यमा नै गम्भीर असर पारिहेका अवस्थामा शुद्ध अर्गानिक उत्पादनलाई उपभोक्तामाझ पु¥याउने लक्ष्यका साथ सञ्चालनमा ल्याइएको अर्गानिक फुड बैंकको व्यवसायिक सफलताको शुभकामना व्यक्त गरे ।

बढ्दो युवा विदेश पलायन भैरहेका अवस्थामा यहीँ नै केही गर्नुपर्छ भन्ने उद्देश्यका साथ गरिएको कार्यको प्रशंसा व्यक्त गर्दै उहाँले मानवीय स्वास्थ्य रक्षाका लागि पनि यो अभियानले महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

अर्गानिक फुड बैंकका सञ्चालक दीपक जोशीले आँफूहरूले सिधै किसानबाट समान खरिद गरी उपभोक्तामाझ पु¥याउने लक्ष राखिएको बताए ।

“किसानले आँफूले उत्पादन गरेको समाग्रीको उचित मूल्य पाउनुका साथै उपभोक्ताले शुद्ध खाद्यान्न पाउन सकुन् भन्ने नै हाम्रो उद्देश्य हो”, उनले भने ।

झण्डै एक सय भन्दा बढी शुद्ध खाद्यान्न सामाग्री एकैठाउँबाट उपभोक्ताले खरिद गर्न सक्ने अर्गानिक फुड बैंक परिवारले जनाएको छ ।

फुड बैंकमा मुस्ताङको आलु, खोटाङको सक्खर, बेनी तथा लम्जुङको बेसार, बेनीको तोरीको तेल, पोखराको जेठोबुढो, काठमाडौंको टाइचिन लगातयका सामाग्री उपभोक्तामाझ पु¥याउने लक्ष्य राखिएको छ । उपभोक्ताले पाल्पा, मुुस्ताङ, जुम्ला, हुम्ला, बैतडी, दार्चुला, खोटाङ, बाग्लुङ, म्याग्दी, पर्वत, कास्कीका लहाचोक, घाचोक, भलाम लगायत स्थानबाट सिधै किसानबाट खरिद गरिएका सामाग्री प्राप्त गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

हाल भृकुटी टोलबाट सामानको बिक्री वितरण हुने भएपनि आगामी एक डेड महिनामा पोखराको चिप्लेढुङ्गा क्षेत्रमा बिक्री केन्द्र सञ्चालनमा ल्याउने योजना रहेको जनाइएको छ ।

सञ्चालक जोशीको अध्यक्षता एवम् श्वेता भट्टराईले सञ्चालन गरेको शुभारम्भ कार्यक्रममा राजेश खरेल, वासुदेव पौडेल लगायतले शुद्ध खाद्यान्न उपभोक्ता माझ पु¥याउने विषय मानवीय स्वास्थ्य रक्षाका लागि पनि महत्वपूर्ण बन्ने विश्वास व्यक्त गरे ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।