
पोखरा । निसिखोला बागलुङ– पोखरा सम्पर्क समाज कास्कीको रक्तदान कार्यक्रम शनिबार सम्पन्न भएको छ । समाजले पहिलो स्थापना दिवसको अवसर पारेर आयोजना गरेको रक्तदान कार्यक्रममा २२ युनिट रगत संकलन भएको हो ।
कार्यक्रममा संयोजक तथा नेपाल रेडक्रस सोसाईटी कास्कीका यमुना केसीले पहिलो रक्तदाता विष्णु कार्कीलाई ब्लड ब्याग हस्तान्तरण गरि कार्यक्रमको सुरुवात गरिएको थियो ।

समाजका अध्यक्ष विमला कुमारी केसीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव सन्तोष रेग्मीले गरेका थिए । पोखरामा आई बसोबास गरेका निसीखोलाबासीहरुलाई एकत्रित गरि गत वर्ष उक्त समाज गठन गरिएको हो ।
विभिन्न मानविय तथा सामाजिक सेवामा क्रियशिल रहेको यस संस्थाले निसीखोलाबाट पोखरामा आई बसोबास गर्ने समस्यामा परेका व्यक्तिहरुलाई आवश्यक सहयोग गर्नुका साथै समग्र विभिन्न सामाजिक सेवामा हातेमालो गर्दै आईरहेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।