
पोखरा । पोखरामा स्वरुप परिवर्तन (मोडिफाई) गरिएका ३५ वटा मोटरसाईकल प्रहरीको नियन्त्रणमा परेका छन् ।
बैशाख ३ गतेदेखि १४ गते सम्मको अवधिमा जिल्ला प्रहरी कार्यालय कास्की, मातहत प्रहरी इकाईहरू र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको संयुक्त प्रयासमा चर्को आवाजमा ध्वनी प्रदुषण गर्दै हिड्ने सवारी साधन चेकजाँच गर्दा उक्त सवारी साधन नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार उक्त सवारी साधनहरु आवश्यक कारवाहीको लागि यातायात व्यवस्था कार्यालय पोखरा पठाईएका छन्।
साथै प्रहरीले कसैले स्वरुप परिवर्तन गरी ध्वनी प्रदुषण गरी मोटरसाइकल चलाएको देखेमा जिल्ला प्रहरी कार्यालयको १०० र जिल्ला ट्राफिक कार्यालयको १०३ मा टेलिफोन गरी सूचना दिनको लागि अनुरोध गरेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।