
पोखरा,२० वैशाख । पोखरा महानगरपालिका–२८ कालिकास्थानमा आज निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न भएको छ । स्वान्त सुखाय परोपकार प्रतिष्ठानले सो कार्यक्रम गरेको हो ।
पोखरा–२८ का वडाध्यक्ष श्रीकृष्ण लामिछाने र प्रतिष्ठानका अध्यक्ष एवं पृथ्वी नारायण क्याम्पसका पूर्व प्राध्यापक डा. कृष्ण कुमार श्रेष्ठले संयुक्त रुपमा शिविर उद्घाटन गर्नुभएको थियो । स्थानीय वयोवृद्ध ९९ वर्षीय विष्णुकुमारी पौडेल र ९८ वर्षीय भिर्माजन तिमिल्सिनाको आँखा जाँच गरी कार्यक्रम सुरुआत गरिएको थियो ।
स्वान्त सुखाय परोपकार प्रतिष्ठानले हिमालय आखा अस्पताल घारीपाटन पोखराको प्राविधिक सहयोगमा सञ्चालन गरेको सो शिविरमा तीन सय ५१ जनाको आँखा परीक्षण गरिएको थियो । साथै विरामीहरुलाई निःशुल्क रुपमा चस्मा तथा औषधी वितरण गरिएको प्रतिष्ठानका सचिव डा. हिमलाल गौतमले जानकारी दिनुभयो ।
प्रतिष्ठानका दिलिप शर्मा भट्टराईले ग्रामिण भेगका नागरिकहरुलाई गाउँमै उपचार सेवा प्रदान गर्ने उद्धेश्यले शिविर आयोजना गरिएको बताउनुभयो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।