पोखरा – ३ मा यौन तथा प्रजनन् स्वास्थ्य शिविर


     एभरेस्ट आवाज    
     वैशाख २७ गते २०८२ मा प्रकाशित




पोखरा । नेपाल परिवार नियोजन संघ कास्कीको आयोजना तथा पोखरा महानगरपालिका वडा नं ३ कार्यलयको सहयोगमा शनिवार यौन तथा प्रजनन् स्वास्थ्य शिविर एवं सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

पोखरा महानगरपालिका वडा नं ३ नदीपूरस्थित बाल मन्दिर माविको परिषरमा आयोजित कार्यक्रमबाट ५७ जना लाभान्वित भएका छन् ।

विशेष गरी महिलाहरुको स्वास्थ्यलाई प्राथमिकता राखेर कार्यक्रम गरिएको नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलले जानकारी दिए ।

शिविरको उद्घाटन गण्डकी प्रदेश नीति तथा योजना आयोगकी सदस्य दुर्गा लामिछानेले गरेका थिए । कार्यक्रममा बोल्दै उनले स्वास्थ्य र समाजिक क्षेत्रका लागि उपयोगी हुने गरी योजना निर्माणमा प्राथमिकता दिने बताए । ‘सबै क्षेत्रका आवश्यकतालाई बुझ्छौं, उनले भने, जनताका आवश्यकतालाई प्राथमिकता दिनेछौं।’

पोखरा महानगरपालिका वडा नं ३ का वडा अध्यक्ष प्रकाश उदासले शिक्षा र स्वास्थ्यलाई आफ्नो वडाले प्राथकिता दिएको बताए ।
कार्यक्रममा नेपाल परिवार नियोजन संघका निवर्तमान महासचिव अर्जुन सिग्देल र बरिष्ठ स्त्री रोग विशेषज्ञ डा। कालिका भण्डारीले बोलेका थिए ।

नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलको अध्यक्षतामा भएको कार्यक्रम वरिष्ठ शाखा प्रवन्धक नवराज तिवारीले संचालन गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।