४ बर्षे कार्यकालमा मैले गरेका ५० उल्लेखनीय कामहरु – प्रा. डा. भरत खत्री


     प्रा.डा. भरत खत्री (पोखरा)    
     जेठ ५ गते २०८२ मा प्रकाशित




म ४ बर्ष निर्देशकको रूपमा काम गरेको ४ बर्षे पदावधि आज सकिएको छ ।पछिल्ला ४ बर्षमा प्रतिष्ठान र अस्पताल परिवार मिलेर बिभिन्न बिभागलाई स्तरोन्नति गरी कम्तिमा ५० वटा उल्लेख गर्न लायक काम भयको कुरा सबैलाइ जानकारी गराउन चाहान्छु । साथै मलाई निर्देशक बन्न/बनाउन पहल गर्ने सबै महानुभावहरुलाई हार्दिक कृतज्ञता ज्ञापन गर्न चाहान्छु ।
बि सं २०१२ सालमा Soldier board अस्पतालको रूपमा शुरू भै कास्की जिल्ला अस्पताल, गण्डकी अंचल अस्पताल, पश्चिमांचल क्षेत्रीय अस्पताल हुंदै २०७२ सालमा पोखरा स्वास्थ्य विज्ञान प्रतिस्ठानको रूपमा बिकसित यस संस्थाले हाल ५०० बेडको अस्पतालले दिने स्वास्थ्य सेवा तथा चिकित्सा शिक्षा सेवा प्रदान गर्दै आइरहेको छ । शुरूवाति अबस्थामा ६ वटा बिधामा स्नातकोत्तर course संचालन शुरू गरेको थियो र अहिले १० वटा बिधामा post graduate course को पढाइ संचालन गरिरहेको छ । यस बर्ष देखि General practice तथा Emergency medicine (MDGP), Psychiatry र Ophthalmology बिषयमा PG course शुरु हुंदैछ । undergraduate course मा BSC Nursing तथा BNS मा ३/३ batch को पढाइ चलिरहेको छ । यस शैक्षिक शत्र देखी MBBS को पढाइ शुरू भएको छ र ५० जना विध्यार्थीहरू अध्ययनरत छन ।

१. Anesthesia machine र major operation theater २ वटा modular OT सहित २ बाट ७ वटा पु्र्याइएको छ ।
२. oxygen plant 0 बाट ३ वटा संचालनमा ल्याइएको छ ।१ दिनमा ४५० cylinder oxygen उत्पादन गर्न सकिन्छ, हामीलाई १०० cylinder भए पुग्छ। शुरूमा ५० वटा मात्र oxygen cylinders रहेकोमा ३५० वटा थपी ४०० वटा cylinders मौज्दातमा राखियको छ ३. operation theaters र medical wards मा मात्र oxygen piping गरिएकोमा हाल सबै wards मा पुग्ने गरी बिस्तार गरिएको छ ।
४. अपरेशन theater र NICU मा central suction को ब्यबस्था गरिएको छ। यसलाई ICU, NICU, Neurosurgery तथा ENT ward मा बिस्तार गरिंदै छ ।
५. Manual lab लाइ upgrade गरी fully automatic गरिनुका साथै १ पटकमा ४०० sample test गर्न सकिने capacity लाइ बढाएर एक पटकमा २००० test गर्न सकिने गरी नयां machine जडान गरिएको छ।साथै LIS को प्रयोग गरी self report printing system install गरियको छ, lab report mobile तथा internet मार्फत घर तथा वार्ड बाटै check गर्न पनि सकिन्छ।
६. Rotary club of Pokhara को सहयोगबाट प्राप्त Cathlab संचालन गरिएको छ, जसबाट मुटु रोगबाट पिडित तथा heart attack का बिरामीहरूले सुबिधा पाइरहेका छन् र अनाहकमा ज्यान गुमाउन परेको छैन,
७. Hemodialysis गर्नुपर्ने बिरामीहरुको चाप अत्यधीक रहेकोले बिपन्न सेवा सुबिधामा १० वटा machine लाइ बढाएर १८ वटा पुर्याइएको छ । साथै peritoneal dialysis सेवा पनि शुरू गरिएको छ ।
८. फोक्सो सम्बन्धि बिरामीहरूलाइ मध्यनजर राख्दै PFT (pulmonary function test) सेवा थप गरिएको छ ।
९. पित्त नलि र pancreas का समस्याहरूको उपचारको लागि ERCP (endoscopic retrograde Cholangiopancreatography) शुरू गरिएको छ ।यो भन्दा अगाडी यसका लागी काठमाण्डु जानु/पठाउनु पर्ने बाध्यता थियो
१०. Endoscopic ultrasound (EUS) सेवाको शुरूवात गरिएको छ ,यसबाट खाना तथा स्वास नली तथा वरपरी रहेका रोगहरू पत्ता लगाउन र उपचार गर्न निकै मद्दत पुगेको छ ।
११. Fibroscan सेवाको सुरूवात गरी कलेजोका बिरामीहरूको diagnosis तथा उपचारलाइ advance बनाइएको छ ।
१२. Plastic surgery को सेवा शुरू गरिनुका साथै Burn unit लाइ सुधार गरी चलाइएको छ जसबाट बाहिर refer भएर जानेको निक्कै कमी आएको छ।
१३. CTVS( cardio-thoracic and vascular surgery) सेवा को शुरूवात गरी dialysis गर्नुपर्ने बिरामीको लागि fistula, रगतको नशा खोल्ने (throbo-embolectomy) अपरेशन तथा छाति र मुटु सम्बन्धि रोगको उपचारलाइ थप परिस्क्रित गरिएको छ। CTVS surgeon को थप खोजी भैरहेको छ र यसलाइ स्थायी सेवामा परिणत गर्ने उद्देश्य राखिएको छ ।
१४. Neurosurgery अन्तरगत operating microscope र instruments किनी surgeon हरू थप गरी aneurysm clipping, tumor excision जस्ता operation हरु शुरू गरिएको छ ।
१५. neurosurgery तथा orthopedic department बाट सबै प्रकारका spinal surgery हरू भैरहेका छन, Head injury तथा Spinal injury भएका बिरामीहरु लाइ बिपन्न अन्तर्गत १ लाख रूपैया सम्मको निशुल्क सेवा सुविधा थप गरिएको छ।
१६. urology अन्तरगत Uroflowmetry सेवा, kidney transplant सेवा थप गरिएको छ । प्रत्येक शुक्रबारलाइ kidney transplant day को रूपमा ब्यवस्थित गरिएको छ । शहिद धर्मभक्त प्रत्यारोपण केन्द्र को अथक सहयोगबाट सो संभव भएको हो ।
१७. Orthopedic department मा Arthroscopic surgery सेवालाइ थप instrument र machine सहित पुन शुरू गरिएको छ।
१८. Gyn/Obs department मा CTG machine थप गरी delivery service लाइ थप सुरक्षित बनाइएको छ । साथै colposcope थप गरी gynecology service लाइ बढी प्रभावकारी बनाइएको छ । १९. NCU लाइ upgrade गरी ३० वटा NICU बेड संचालन गरिएको छ जसबाट neonatal death rate घटाउन निकै सहयोग पुगेको छ ।२०. ७ बर्ष अगाडि देखि बन्द रहेको CT scan सेवा लाइ १२८ slice को नयां machine किनेर पुन संचालन गरिएको छ।
२१. MRI सेवालाइ सबै बिरामीलाइ सोही दिन हुने गरी ब्यवस्था गरिएको छ ।
२२. intervention radiology सेवा शुरू गरिएको छ।
२३. Emergency सेवाको लागि ३० बेड अपुग भएकोले छुट्टै building बनाई आधुनिक सेवा सहितको ५० बेड को Emergency सेवा संचालनको तयारी भैरहेको छ।
२४. medico-legal case management मा निकै समस्या भैरहेकोले forensic department नै स्थापना गरी PG course नै शुरू गरिसकिएको छ।
२५. mass casualty एबं plane crash हुंदा धेरै लाशको ब्यवस्थापन गर्नको लागी 72 वटा लाश अट्ने गरी cold room को ब्यवस्थापन गरिएको छ।यसबाट बेवारिसे शव ब्यबस्थापन को साथ साथै आफन्तहरू बिदेशमा भएको कारणले शवलाई store र preservation गरेर लामो समय राख्न समेत सजिलो भएको छ
२६. waste management लाइ liquid waste र solid waste मा बिभाजन गरिएको छ । liquid waste management (natural waste water management system)प्रबिधि शुरू गरिएको छ जस बाट safety tank overflow भै दुर्गन्ध फैलिने अवस्था अन्त हुने अवस्थामा छ र सो system liquid waste management system हरूमा सर्बोत्क्रिष्ट मानिन्छ । solid waste management को लागि छुट्टै संरचना बनाएर अगाडि बढिएको छ तर पनि मैले सोचे जस्तो भएको छैन ।
२७. medical ward लाइ १० वटा cabin र ३ वटा HDU सहित ३० बेडबाट बढाएर ६० बेड बनाइयको छ जसबाट cabin र बेड नपाएर emergency मा बेडको लागि कुर्नुपर्ने वा अन्य hospital मा refer भएर जानुपर्ने अवस्था कम भएको छ।
२८. लामो समय देखि बन्द रहेको मानसिक ward पुन संचालनमा ल्याइएको छ।
२९. EYE department अन्तरगत OPD र emergency operation सेवा सुरू गरिएको छ।
३०. General practice तथा emergency medicine department स्थापना गरी GP OPD सेवा शुरु गरिएको छ। कुन OPD मा देखाउने भन्ने थाहा नभएका बिरामीलाइ GP OPD मा देखाउन सजिलो भएको छ।
३१. Echocardiogram र प्रसुति सेवाको ANC check up सेवालाइ हप्ताको २ दिनलाइ बढाएर ६ दिननै सेवा दिने ब्यवस्था गरिएको छ।
३२. OPD लाइ ब्यवस्थित गर्न counter, OPD, Lab, pharmacy, USG मा token system लागू गरियको छ।
३३. online ticket को ब्यवस्था गरिएको छ।Pokhara academy of health sciences app download गरी सो अनुसार एक दिन अगावै ticket booking गर्न सकिन्छ
३४. बसेर कुर्न मिल्ने बेन्च, चौतारी र stone तथा marble paved पर्खालको ब्यवस्था गरिएको छ ।
३५. parking को अतिनै असुबिधा रहेकोमा flooring गरेर र marking गरेर प्रसस्त parking थप गरी ब्यबस्थापन गरिएको छ। ३६. clinical skill development को लागि anesthesia बिभाग अन्तरगत रहने गरी critical care training room, Emergency तथा GP बिभाग अन्तरगत रहने गरी clinical skill lab, forensic Department अन्तरगत रहने गरी medico legal training room संचालनमा आइसकेका छन भने Obstetric तथा Gynecology बिभाग अन्तरगत रहने गरी simulation skill lab संचालनको लागि संरचना निर्माण गरिएको छ।
३७. OCMC को लागि छुट्टै भवन नै बनाइ ब्यबस्थित गरिएको छ। यो set up नेपालकै लागि OCMC ब्यवस्थापनको एउटा उदाहरण मान्न सकिन्छ ।
३८. HIV पिडितहरूका लागि दुइवटा कोठाबाट सेवा दिंदै आइएकोमा हाल छुट्टै भवनको ब्बवस्था गरी ART center संचालनमा ल्याइएको छ ।
३९. Store कोलागि कुनै पनि भवन नभएकोले 3 वटा store भवन नै बनाइ store संचालन गर्दा पनि अझै अपुग देखिन्छ ।
४०. सबै building हरूलाइ जोड्न corridor हरू थप गरिएको छ जसबाट घाम पानीको बेला पनि सजिलै एउटा शाखाबाट अर्को शाखामा जान सजिलो भएको छ।
४१. staff, बिरामी तथा visitor हरूकालागि 2 वटा breast feeding कोठा को ब्यवस्था गरिएको छ ।
४२. लामो समयसम्म बन्द भएको geriatric ward पुन शुरू गरिएको छ ।
४३. EHS सेवा EHS ward सहित शुरू गरिएको छ ।
४४. अस्पतालमा रहेको सानो library लाइ थप किताव सहित ८ गुणा ठूलो बनाइएको छ । यसमा बुद्व foundation ले गरेको सहयोग सह्रानीय छ ।
४५. 3 वटै meeting hall हरूलाइ projector र sound system सहित furnishing गरिएको छ ।साथै capacity पनि बढाइएको छ ।
४६. social care unit नेपाल भरिमा सर्बोत्क्रिष्ट भयको छ, बेवारिसे बिरामी ब्बस्थापन सधैं चुनौतीको रूपमा रहेकोमा बेवारिसे ब्यबस्थापन युनिटै खडा गरी सेवा दिइएको छ । यसमा INF र मानव सेवा आश्रमले सक्दो सहयोग गरेका छन् ।
४७. medical record system लाई दिगो , accessible र सुरक्षित बनाउन store मा रहेका सबै file हरू ,बि सं १९६३ साल देखिका, लाइ digitization गर्ने काम भइरहेको छ र यही आर्थिक बर्ष भित्र सबै file हरू digitization गरी सक्ने लक्षका साथ काम भैरहेको छ ।
४८. शवलाइ घाटमा लैजानकोलागि छट्टै gate र बाटोको ब्यवस्था गरिएको छ । main gate र बाटो बाट शव नलैजाने ब्यबस्था गरिदिनकालागि बिरामीहरू , visitor हरू तथा staff हरूले गरेको आग्रहलाइ अहिले पूरा गर्न सकिएको छ ।
४९. २ जनाले स्वास्थ सेवा पुरस्कार , २ जना स्वास्थ्यकर्मी र पश्चिमांचल क्षेत्रीय अस्पतालले स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड प्राप्त गरेका छन् ।
५०. पार्क मा walking path, sitting shades , sitting chairs, sitting wall तथा चौतारीहरू निर्माण गरी बस्न मिल्ने ब्यवस्था गरिएको छ

(प्रा.डा. भरत खत्री पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निबर्तमान निर्देशक हुनुहुन्छ ।)


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।