तमु साँस्कृतिक प्रतिष्ठान नेपालद्वारा छात्रवृत्ति छनौट परीक्षा सप्पन्न


     एभरेस्ट आवाज    
     जेठ ११ गते २०८२ मा प्रकाशित




तमु साँस्कृतिक प्रतिष्ठान नेपालको आयोजनामा शैक्षिकसत्र २०८२ को लागि नयाँ विद्यार्थी छनौट गर्न यही जेठ १० गते, शनिबार पोखरा फिर्के स्थित पोखरा इन्जिनियरिङ कलेजमा “छात्रवृत्ति छनौट परीक्षा” सम्पन्न गरेको छ ।
संस्थाका प्रथम उपाध्यक्ष एवम् छात्रवृत्ति छनौट परीक्षा उपसमितिका संयोजक श्रीजङ तमुले कार्यक्रम बारे प्रकाश पार्नुभएको थियो भने प्रश्नपत्र र परीक्षा सम्बन्धमा संस्थाका सदस्य लोकबहादुर तमुले प्रष्ट पार्नुभएको थियो ।
बिगत १६ बर्षदेखि निरन्तर रुपमा ग्रामीण भेगका सार्वजनिक विद्यालयहरुमा कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरुलाई परीक्षा लिइ सन्चालन गर्दै आइरहेको छात्रवृत्ति वितरण कार्यक्रमका लागि यस बर्ष कास्की, तनहुँ, स्याङ्जा र पर्वतका विद्यार्थीहरुलाई समेटेको जानकारी संयोजक तमुले बताउनु भयो ।

चार जिल्लाका विभिन्न विद्यालयहरुबाट ४१ जना विद्यार्थीहरुको सहभागिता रहेको यस परीक्षामा लिखित र मौखिक मुल्यांकनबाट उत्कृष्टताको आधार ८ जना विद्यार्थीहरु छनौट गरिने र यस बर्षबाट छात्रवृत्ति रकम वृद्धि गरि बार्षिक रु १२,०००/- प्रति व्यक्ति कक्षा ९-१२ सम्म निरन्तर रुपमा प्रदान गरिने तथ्य संस्थाका अध्यक्ष चित्रबहादुर तमुले जानकारी दिनुभयो ।
संस्थाका अध्यक्ष चित्रबहादुर तमुको अध्यक्षतामा सम्पन्न यस कार्यक्रम सचीव कन्चन तमुले सन्चालन गर्नुभएको थियो भने कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरु, प्रधानाध्यापकहरु एवम् शिक्षकहरु र अभिभावकहरुको उपस्थिति रहेको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।