
पोखरा । शहरी स्वास्थ्य केन्द्र १९ पुरुन्चौरमा निःशुल्क स्त्री रोग परिक्षण स्वास्थ्य शिविरमा १२० भन्दा बढी महिलाको स्वास्थ्य परीक्षण गरिएको छ । डा.सबिन श्रेष्ठ र डा. अमिषा थापाको नेतृत्वमा सञ्चालन गरिएको शिविर विहीबार सम्पन्न भयो ।
शहरी स्वस्थ्य १९ मा आयोजित शिविरमा पोखरा महानगरपालीका वडा अध्यक्ष पुष्पेन्द्र पाण्डे ले ब्यानरमा हस्ताक्षर गरी उद्घाटन गर्नुभएको थियो । बृद्धावस्था महिनावारी रोकिएपछिको अवस्था (वल्र्ड एज पोष्टमेनुपोजल माईल्ड नेचर) का ३० जना, पाठेघरको सुजन १०, इरोजन २०, ३९ जना पाठेघर सामन्य २० जना समान्य संक्रमण १ जना रेफर गरिएको छ ।

पोखरा महानगर पालीका स्वास्थ्य महाशाखा को आयोजना वडा नं १९ र शहरी स्वास्थ्य केन्द्र १९ पुरुन्चौर को समन्यनमा राईट फर चिल्ड्रन र जि.एम.सी हस्पीटल को प्राबिधिक सहयोगमा स्वास्थ्य शिविरमा स्थानीय महिला स्वास्थ्य स्वयंसेविका, सामाजिक कार्यकर्ता र संस्थाहरूको सक्रिय सहयोग रहेको थियो ।
उक्त कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने जनप्रतिनिधी, प्राबिधिक, महिला स्वास्थ्य स्वंम सेविका, व्यवस्थापन समिती पोखरा महानगर पालीका र स्थानीयबासी प्रति शहरी स्वास्थ्य केन्द्र १९ ले हार्दीक आभार ब्यक्त गरेको छ ।
आयोजक संस्थाले शिविरले स्वास्थ्य पहुँच नपुगेका महिलाहरूलाई राहत र्पुयाएको आयोजकहरूले जनाएका छन् । आगामी दिनहरूमा पनि यस्ता स्वास्थ्य केन्द्रित कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।