कञ्चन क्यापिटलको छैठौं वार्षिकोत्सवमा ६१ युनिट रगत संकलन


     एभरेस्ट आवाज    
     असार ४ गते २०८२ मा प्रकाशित




पोखरा, असार ४ — कञ्चन क्यापिटल प्रा. लि. को छैठौं वार्षिकोत्सवको अवसरमा “रक्तदान जीवनदान” भन्ने नाराका साथ तेस्रो खुल्ला रक्तदान कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ।

कार्यक्रम कञ्चन क्यापिटल प्रा. लि. को प्राङ्गण, अर्चलबोटमा भएको रक्तदान कार्यक्रममा कूल ६१ जना रक्तदाताले स्वेच्छिक रूपमा रक्तदान गरेका थिए। सहभागी रक्तदातामध्ये लक्की ड्र मार्फत चयन गरिएका प्रमिला लम्साल, सौगात मल्ल र प्रेम क्षेत्री लाई कञ्चन डिपार्टमेन्टल स्टोर्सको तर्फबाट रु. ५०० को गिफ्ट भौचर प्रदान गरिएको थियो।

प्रादेशिक रक्त संचार केन्द्र पोखराको प्राबिधिक सहयोगमा भएको खुल्ला रक्तदान कार्यक्रम कञ्चन क्यापिटल प्रा. लि. का अध्यक्ष टेकनारायण शाक्यको अध्यक्षता र दिलिप शाक्यको संयोजनमा भएको थियो।

कार्यक्रममा कञ्चन आभूषण, पञ्चरत्न आभूषण, क्रिस कञ्चन ज्वेलर्स, कञ्चन पि एम ज्वेलर्स, कञ्चन ज्वेलर्स, कञ्चन सिल्भर, कञ्चन डायमण्ड, कञ्चन डिपार्टमेन्टल स्टोर्स, एक्वा पार्क लगायत कञ्चन क्यापिटल समूह अन्तर्गत आबद्ध प्रतिष्ठानका कर्मचारी, कम्पनी संचालक, शेयरहोल्डर र परिवारजनहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

आयोजक संस्थाले रक्तदानजस्तो महत्वपूर्ण मानवीय कार्यमा समाजका सबै क्षेत्रको सहभागिता प्रोत्साहन गर्ने उद्देश्यले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरेको छ। असार ५ गते कञ्चन क्यापिटल प्रा.लि. को स्थापना दिवस हो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।