
लिजवन, २३ जुन २०२५ ।
नेकपा एमालेको प्रवासी संगठनका नेता गमबहादुर गुरुङ पुरानै घर नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् । लामो समयदेखी बेल्जियममा बस्दै आएका बौद्धिक र इमानादार नेता गुरुङ आइतबारबाट नेकपा (माओवादी केन्द्र)मा फर्किएका हुन् ।

बेल्जियममा भएको कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का वैकल्पिक केन्द्रिय सदस्य सुरेन्द्र भुषाल लगायतका नेताहरुले गुरुङलाई स्वागत गरे । उनी माओवादीको पूर्व राज्य समितिको सचिवालय सदस्य र तत्कालिन समयमा आदिवासी जनजाती महासंघ युरोपको अध्यक्ष थिए ।
माओवादी र एमाले एक भएर नेकपा बनेपछि एकता भङ्ग हुंदा एमालेमा बसेका गुरुङले एमालेको राजनीतिक लाइन र नेतृत्व शैलीसँग तादाम्यता नमिलेपछि अहिले आएर पुनः आफ्नो घर (नेकपा-माओवादी केन्द्र) फर्किएको बताए । ‘म लामो समयदेखी माओवादीमा थिए विचमा उता रहें अब फेरी पुरानै साथीसंग आफ्नै घर फर्केको छु ।’ माओवादीमा प्रवेश गरेपछि गुरुङले भने ।
कास्कीको सिक्लेस घर भएका गुरुङ बेल्जियमका सफल व्यवसायी र समाजसेवी समेत हुन् । माओवादी केन्द्रका वैकल्पिक केन्द्रिय सदस्य सुरेन्द्र भुषालले विचमा कतै अल्झिएका पुराना साथी गुरुङसंग फेरी पनि संगै यात्रा गर्न पाएकोमा खुसी व्यक्त गरे । ‘आज धेरै नै खुसी लागेको छ हाम्रो पुरानो र इमान्दार साथीसंग फेरी संगै यात्रा गर्न पाएकोमा ।’ भुषालले भने ।
नेकपा (माओवादी केन्द्र) पश्चिम अन्तरमहादेशीय प्रवास प्रदेश संगठन समितिका संयोजक उदयराज गौतमले गुरुङलाई सचिवालय सदस्यको जिम्मेवारी प्रदान गरिएको जानकारी दिए । ‘कमरेड गमबहादुर जीलाई स्वागत छ, पार्टी केन्द्रबाट उहाँलाई हाम्रो प्रदेश समितिको सचिवालय सदस्यको जिम्मेवारी प्रदान गरिएको सर्कुलर प्राप्त भएको छ ।’ गौतमले भने ।
सो स्वागत कार्यक्रममा पश्चिम अन्तरमहादेशीय प्रवास प्रदेश संगठन समितिमा रहेका बेल्जियममा नेताहरु, नेपाली जनप्रगतिशील मञ्च युरोपका अध्यक्ष चित्र सुवेदी, एनआरएनएका उपाध्यक्ष लोक दाहाल लगायतको उपस्थिति रहेको थियो । नेपाली जनप्रगतिशील मञ्च बेल्जियमका अध्यक्ष मनिष गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव सुशिला खतिवडाले गरेकी थिइ्न ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।