
लेखनाथ, असार १५
शिसुवा अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा बाबुराम गिरी मनोनित भएका छन् । महानगरपालिकाका मेयर धनराज आचार्यले शिसुवा अस्पताल व्यवस्थापन समिति गठन तथा संचालन कार्यविधि २०८१ अनुसार तीन बर्षका लागि गिरीलाई अध्यक्षमा मनोनित गरेका हुन् ।
अध्यक्ष गिरी पोखरा महानगरपालिका वडा नं। २७ तालचोक निवासी हुन् । लेखनाथ उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष, नेपाल उद्योग बाणिज्य महासंघका निवर्तमान केन्द्रिय सदस्य एवं विभिन्न संघ संस्थामा आवद्ध गिरी लामो समय देखी पोखरामा व्यवसाय गर्दै आएका छन् ।
यसैगरी मेयर आचार्यले पोखरा २६ का सुर्यनाथ भण्डारी, लेखनाथ उद्योग बाणिज्य संघका महासचिव जानुका अधिकारी पराजुली, वडा नं। ३० का धु्रवराज न्यौपाने, शिव न्यौपाने र लक्ष्मी प्रसाद त्रिपाठीलाई सदस्यमा मनोनित गरेका छन् । उनिहरुलाई पनि तीन बर्षका लागि नियुक्त गरिएको हो ।
अस्पताल व्यवस्थापन समितिमा वडा नं। ३० का अध्यक्ष र महानगर स्वास्थ्य महाशाखा प्रमुख पदेन सदस्य एवं मेडिकल सुपरिटेण्डेण्ट सदस्य सचिव रहने कार्यविधिमा व्यवस्था रहेको छ । कार्यविधि अनुसार वडा नं। ३० का अध्यक्ष दुर्गा प्रसाद सुवेदी, महाशाखा प्रमुख भरतराज पौडेल र सदस्य सचिवमा मेडिकल सुपरिटेण्डन डा। सुमन खनिया सदस्य सचिव रहेका छन् ।
समितिका अध्यक्ष एवं सदस्यहरुलाई मनोनयन गरिएको पत्र बितरण गर्दै, महानगरप्रमुख आचार्यले शिसुवा अस्पताललाई स्तरोन्नती गरि महानगरवासीको स्वास्थ्य सेवा प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरे । उनले साविक लेखनाथ नगरपालिकाको भवनमा जलन उपचार केन्द्र स्थापना गर्ने प्रक्रिया अगाडी बढाईएको पनि बताए । । मेयर आचार्यले महानगरको एकमात्र अस्पताल भएकाले विशेषज्ञ सेवा सहित जनशक्ति थप गरिने प्रतिबद्दता जनाए ।
कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बाबुराम गिरीले महानगरसँग समन्वय गरेर सवैको पहुच पुग्ने गरी अस्पताललाई सुधार गरिने प्रतिबद्दता जनाए ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा न।ं २६ का अध्यक्ष नरेन्द्र थापा, वडा नं। २७ का अध्यक्ष पूर्णकुमार गुरुङ्ग, वडा नं। २९ का अध्यक्ष श्रीप्रसाद गुरुङ्ग, वडा नं। ३० का अध्यक्ष दुर्गा प्रसाद सुवेदी, वडा नं। ३२ का अध्यक्ष अक्कल बहादुर कार्कीले महानगरकै अब्बल अस्पताल हुनेगरी काम गर्न व्यवस्थापन समितिलाई आग्रह गरेका थिए । कार्यक्रममा स्वास्थ्य महाशाखा प्रमुख भरतराज पौडेलले सबल व्यवस्थापन समिति गठनका लागि केही समय ढिलो भएको उल्लेख गर्दै अव अस्पतालले गतिलिने उल्लेख गरे ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।