
पोखरा, असार २१
नेपाल गृह श्रमिक संघ कास्कीको आयोजनामा शनिबार भएको पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना तथा चेक जाँच सम्बन्धी निस्शुल्क स्वास्थ्य शिविरमा एक सय जना महिला लाभान्वित भएका छन् । फेवा सिटी हस्पिटल प्रा।लि को प्राविधिक सहयोगमा आयोजित शिविरको नेपाल ट्रेड युनियन कांग्रेस गण्डकी प्रदेश का अध्यक्ष मुरारी शर्माले उद्घाटन गरेका थिए ।
निःशुल्क स्वास्थ्य शिविरमा स्याङ्जा, पर्वत म्याग्दी, कास्कीका महिलाहरु लाभान्वित भएको जिल्ला कास्कीका लैंगिक हिंसाबिरुद्दको अभियानका सदस्य जिबन्धर शर्मा चापागाईले जानकारी दिए ।
नेपाल गृह श्रमिक संघ कास्कीका अध्यक्ष चेतमाया पंगेनीको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य नेपाल गृह श्रमिक संघ केन्द्रिय उपाध्यक्ष लाली माया शर्मा रेग्मीले संचालन नेपाल गृह श्रमिक संघ कास्कीका सह सचिव विद्या पराजुलीले गरेका थिए भने कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेस गण्डकी प्रदेश का अध्यक्ष मुरारी शर्मा, नेपाल ट्रेड युनियन कांग्रेस कास्की जिल्ला सभापति कमलप्रसाद सापकोटा, फेवासिटी हस्पिटल प्रालिका मेट्रोन शारदा पौडेल पराजुली, वरिष्ठ स्त्रीरोग विशेषज्ञ पद्मराज ढुङ्गानालगायतले मन्तव्य राखेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।