पोखरा । पोखरामा आज NCLEX Mega Seminar आयोजना हुँदैछ। अमेरिका, क्यानडा वा अष्ट्रेलियामा नर्स बन्न चाहने नर्सहरूका लागि लक्षित यो कार्यक्रम होटल बाराही, लेकसाइडमा हुने भएको हो। सेमिनार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म र दिउँसो २ बजेदेखि ४ बजेसम्म दुई सत्रमा सञ्चालन हुनेछ।
कार्यक्रमको आयोजना NCLEX Preparation Center Nepal (NPCN) ले गर्न लागेको हो । यो संस्था नेपालकै सबैभन्दा पुरानो र हालसम्म ७ हजारभन्दा बढी नर्सहरूलाई सफलता दिलाइसकेको बताइएको छ। NPCN ले अब पोखराको पृथ्वीचोकस्थित H.B. Complex को पहिलो तलाबाट सेवा दिइरहेको पोखरा संयोजक कमलबहादुर श्रेष्ठले जानकारी दिनुभयो । ।
सेमिनारमा NCLEX तयारीको चरणबद्ध रोडम्याप, विशेषज्ञ परामर्श, र EB-3 भिसा प्रक्रिया सम्बन्धी जानकारी दिइने NPCN का प्रबन्ध निर्देशक रामप्रकाश उपाध्यायले बताउनु भयो । सहभागी नर्सहरूलाई तयारी कोर्षमा ५० प्रतिशतसम्म छुट र योग्यताका आधारमा १०० प्रतिशत छात्रवृत्तिको सुविधा पनि प्रदान गरिने आयोजकले जनाएको छ। थप जानकारीका लागि NPCN पोखरा ०६१–५७३००१ वा ९८४६०२०४३६ मा सम्पर्क गर्न सकिने आयोजकले बताएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


लायन्स क्लव अफ पोखरा हेमजाको लायन वर्ष २०२६–२७ का लागि नयाँ कार्यसमिति…






