पोखरा, साउन २२
अन्नपूर्ण बाल तथा महिला अस्पताल पोखरा–१० शिवचोक र लमजुङ–पोखरा सम्पर्क समिति तथा लमजुङ-पोखरा वचत तथा ऋण सहकारी संस्था लिमिटेडबीच उपचार सम्बन्धी सम्झौता भएको छ । दुई संस्थाबीच अस्पतालमा हुने उपचारलाई सहज बनाउने विषयमा सम्झौता भएको हो । सम्झौतामा अस्पतालका अध्यक्ष सन्तोष पाण्डे, लमजुङ-पोखरा सम्पर्क समितिका अध्यक्ष ईश्वर चिलुवाल र सहकारीको तर्फबाट अध्यक्ष बिजुलीबहादुर गुरुङले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार लमजुङ–पोखरा सम्पर्क समिति र लमजुङ–पोखरा वचत तथा ऋण सहकारी संस्था लिमिटेडका सम्पूर्ण सदस्यहरुको उपचार अन्नपूर्ण बाल तथा महिला अस्पतालमा गराउनु पर्नेछ भने अस्पतालले उपचारका लागि सहजीकरण गर्नुपर्नेछ । त्यस्तै, औषधि, रगत, ल्याव तथा अन्य सबै सेवालाई सहज र सुलभ मूल्यमा गर्नुपर्नेछ । उपचार गरेवापत समिति र सहकारीले उपचारमा लागेको लागत अनुसार भुक्तानी दिनुपर्ने सम्झौतामा उल्लेख भएको अस्पतालका अध्यक्ष सन्तोष पाण्डेले जानकारी दिए ।
सम्झौतामा अस्पतालले विरामीहरुको सुलभ, सरल र प्रभावकारी औषधि उपचार प्रतिबद्दता जनाएको छ । त्यस्तै, समिति र सहकारी पक्षले विरामीको उपचारमा लागेको खर्च आफूले व्यहोर्ने प्रतिबद्दता गरेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । अन्नपूर्ण गाउँपालिका–२ ढिकुरपोखरीस्थित माछापुच्छ्रे माध्यमिक विद्यालय तथा क्याम्पसमा आयोजित निःशुल्क…






