२० बालबालिकाको ज्यान लिने ‘कोल्ड्रिफ कफ सिरप’ उत्पादक कम्पनीका मालिक गिरफ्तार


     एभरेस्ट आवाज    
     असाेज २३ गते २०८२ मा प्रकाशित




भारतमा खोकीको ‘कोल्ड्रिफ कफ सिरप’ औषधि उत्पादन गर्ने कम्पनी स्रिसन फार्माका मालिक एस रंगनाथनलाई प्रहरीले पक्राउ गरेको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार मध्य प्रदेश प्रहरीले रंगनाथनलाई गएराति चेन्नईबाट पक्राउ गरेको हो। उनको औषधि कम्पनी स्रिसन फार्मा भने तमिलनाडु प्रदेशको कान्चीपुरमा छ। भारतको मध्य प्रदेशमा ‘कोल्ड्रिफ कफ सिरप’ सेवनपछि कम्तीमा २० बालबालिकाको मृत्यु भएपछि बिभिन्न प्रान्तमा यो औंष्धी माथि प्रतिवन्ध लगाईएको थियो । छिन्दवाडाका प्रहरी अधीक्षक अजय पाण्डेले एएनआईलाई बताएअनुसार रंगनाथनलाई अब चेन्नई (तमिलनाडु) को अदालतमा पेस गरिनेछ र ट्रान्जिट रिमान्ड प्राप्त गरेपछि छिन्दवाडा (मध्य प्रदेश) लगिने बताईएको छ ।

यसैबीच नेपालको औषधि व्यवस्था विभागले भने ‘कोल्ड्रिफ कफ सिरप’ यहाँ दर्ता नभएको जनाएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।