प्रदेश सरकार मातहतको गण्डकी आयुर्वेद अस्पतालले असोज २९ गते स्वर्ण विन्दु प्राशन कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
सो दिन अस्पताल परिसरमामा बिहान ६ बजे देखि १० बजेसम्म स्वर्ण विन्दु प्राशन कार्यक्रम संचालन गरिने अस्पतालले जनाएको छ । बालबालिकाको शारिरीक, मानसिक बृद्धि र विकासको लागि यो कार्यक्रम महत्वपूर्ण हुनेछ । सो कार्यक्रममा अन्तरगत लक्षित उमेर समूह अर्थात असोज २९ गतेसम्म १ वर्ष पुगी ५ वर्ष ननाघेका बालबालिकाहरुलाई स्वर्ण प्राशनको थोपा खुवाइने छ । कार्यक्रममा सहभागी हुन १ वर्ष पुगेर ५ वर्ष ननाघेका आफ्ना बच्चाहरुलाई अभिभावकले अस्पतालको वेबसाइटमा गएर वा गण्डकी आयुर्वेद हस्पिटलको फेसबुक पेजमा गएर त्यहाँ उपलब्ध फारम भरेर नाम दर्ता गर्न सक्ने व्यवस्था मिलाइएको छ।
‘यदि तपाईंको बच्चा लक्षित उमेर समूह २०८२ असोज २९ गतेसम्म १ वर्ष पुगेका ५ वर्ष नकाटेको भित्र पर्नुहुन्छ र निषेधित अवस्था (बालबालिकालाई ज्वरो, अजीर्ण र अपच, झाडा पखाला, आउँ, रुघा खोकी सर्दी मर्की भएको) मा पर्नुहुन्न भने यहि असोज २९ गते बिहान ६ बजे देखि १० बजेसम्म गण्डकी आयुर्वेद अस्पताल, कास्कीमा स्वर्ण विन्दु प्राशन कार्यक्रम संचालन गरिने भएकोले यस स्वर्णविन्दु प्राशनको लाभ लिनुहुन आमसमुदायमा हार्दिक अपिल गर्दछौं।’ अस्पतालले जारी गरेको सुचनामा भनिएको छ ।
साथै, अस्पतालले औषधिको सदुपयोग गर्ने, निर्मित औषधि खेर नजावोस भनेर असोज २८ गते दिउँसो ४ बजेसम्म नाम र आफ्नो बालबालिकाको विवरण गराउनु हुन अनुरोध गरेको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पोखरा महानगरपालिकाको प्रथम अधिवेशनबाट योगेन्द्रबहादुर केसी सभापतिमा निर्वाचित…







