प्रधानमन्त्री सुशीला कार्कीले आन्दोलनरत नर्सहरुको समस्याप्रति चासो देखाएकी छन् ।
बिहीबार स्वास्थ्य सचिव डा विकास देवकोटालाई आफ्नै कार्यकक्षमा बोलाएर उनले तत्काल आन्दोलनरत नर्सहरुको समस्या समाधान गर्न निर्देशन दिएकी हुन्।स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारी सम्हालेकी कार्कीले नर्सको आन्दोलनको विषयमा बुझेर तत्काल सम्बोधन हुने गरी कदम चाल्न र प्रगतिबारे जानकारी गराउन निर्देशन दिएकी हुन्।
देशमा रहेका दक्ष जनशक्तिलाई निकै न्यून पारिश्रमिक दिएर राखिनु उचित नभएको स्पष्ट पार्दै, प्रधानमन्त्री कार्कीले उनीहरुको समस्या समाधान नभए ठूलो जनशक्ति विदेश पलायन हुने जोखिम बढ्ने समेत बताइन्। स्वास्थ्य मन्त्रालयको निर्णय बमोजिम पाचौँ तह बराबरको पारिश्रमिक पाउनु पर्ने माग राख्दै पोखराको फुलबारीस्थित नेपाल मणिपाल शिक्षण अस्पताल र गण्डकी मेडिकल कलेजका नर्सहरुले आन्दोलन जारी राखेका छन्।
मन्त्रालयले गत मसिंरमा सबै स्वास्थ्य संस्थामा कार्यरत नर्सहरुको पारिश्रमिक मासिक ३४ हजार ७ सय ३० हुनु पर्ने निर्णय गरेको थियो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार दिदीबहिनीले दाजुभाइलाई…







