स्वास्थ्य बीमा बोर्डले असोज मसान्तसम्म नवीकरण नगरेमा थप शुल्क लगाउने व्यवस्था तत्कालका लागि स्थगित गरेको छ।
बोर्डले बिहीबार निर्णय गर्दै विगतमा स्वास्थ्य बीमा गरेर नवीकरण नगरेका बीमित परिवारलाई अर्को सूचना नभएसम्म यो व्यवस्था कार्यान्वयन नगर्न दर्ता सहयोगी र दर्ता अधिकारीलाई निर्देशन दिएको छ। यसअघि बोर्डले भदौ ११ सुचना जारी गरी स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध नागरिकले असोज मसान्तसम्म बीमालेखा नवीकरण नगरेमा थप शुल्क लाग्ने उल्लेख गरेको थियो ।
सुचनाअनुसार म्याद कटेको तीन महिनाभित्र नवीकरण गर्दा योगदान रकमको १० प्रतिशत, ६ महिनाभित्र ३० प्रतिशत, एक वर्षभित्र ५० प्रतिशत, एक वर्षपछि शत प्रतिशत, दुई वर्षपछि तीन गुणा र तीन वर्षपछि चार गुणा थप शुल्क तिर्नुपर्ने व्यवस्था गरेको थियो । बोर्डले हालको परिस्थिति र आवश्यक संरचना तयार गर्न थप समय चाहिने भन्दै यो व्यवस्था स्थगित गरेको जनाएको छ । यो निर्णयसँगै लामो समयदेखि बीमा नवीकरण नगरेका नागरिकलाई तत्काल थप शुल्कको बोझबाट राहत मिलेको छ ।
तथ्यांक अनुसार हाल ६५ प्रतिशत विमितले मात्र बीमा नवीकरण गर्ने गरेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


हेमजामा शैक्षिक चेतनाको विकास र विस्तारमा महत्वपूर्ण योगदान पु¥याउने शिक्षासेवी लक्ष्मीशरण उपाध्यायलाई…






