नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवा उपचारका लागि सिंगापुर पुगेका छन् ।
उपचारका लागि भन्दैदेउवा दम्पती गएराति सिंगापुर एयरलाइन्सको विमान मार्फत् काठमाडौंबाट सिंगापुर प्रस्थान गरेका थिए । उनीहरु चाङ्गी अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिए लगत्तै त्यहाँबाट बाहिरिने क्रममा देउवा दम्पती ह्विलचेयरमा देखिएका थिए ।ह्विलचेयरमा सभापति देउवा केही मन्द मुस्कानमा देखिएका छन् भने देउवाकी पत्नी पुर्व परराष्ट्र मन्त्री राणा मोवाईल हेरिरहेको दृश्य देखिन्छ ।अहिले थप उपचारका लागि देउवा दम्पती सिंगापुर पुगेको बताइएको छ।
जेनजी आन्दोलन क्रममा गत भदौ २४ गते देउवा दम्पती काठमाडौँको बुढानीलकण्ठस्थित आफ्नै निवासमा प्रर्दशनकारीबाट कुटिएका थिए। सांघातिक आक्रमणबाट कांग्रेस सभापति देउवाको गर्धन र टाउकोमा चोट लागेको थियो भने आरजु पनि घाइते भएकी थिइन्।उनको घरमा आगजनी भएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको लेकसाइडस्थित होटल ल्याण्डमार्कले आयोजना गरेको रक्तदान कार्यक्रमबाट ५४ यूनिट रगत संकलन…







