चन्दा उठाएर बागलुङको कैयामा गाउँघर क्लिनिक स्थापना


     एभरेस्ट आवाज    
     कार्तिक १५ गते २०८२ मा प्रकाशित




चन्दा सङ्कलन गरेर बागलुङ नगरपालिका–१४ नारायणस्थानको कैयामा हाम्रो स्वास्थ्य गाउँघर क्लिनिक स्थापना गरिएको छ ।

बागलुङ नगरपालिका, नारायणस्थान स्वास्थ्य चौकी फेयरमेड, नेपाल गाजा डेभलपमेन्ट फाउन्डेसन,सम्बोधन परियोजना, कैया टोल विकास संस्था, शिवा प्राथमिक विद्यालय र टोल विकास संस्था, व्यक्तिगत सहयोगका साथैस्थानीय समाजसेवीहरूको सहयोगमा क्लिनिक स्थापना भएको हो । शुक्रबारदेखि सञ्चालनमा आएको क्लिनिक रु एक लाख नौ हजारको लागतमा स्थापना गरिएको वडाध्यक्ष चक्रबहादुर खत्रीले जानकारी दिए । औषधि र जनशक्ति भने बागलुङ नगरपालिकाले उपलब्ध गराउने उनले बताए । गाउँघर क्लिनिकलाई व्यवस्थित र नियमित रूपमा सञ्चालन गर्न सङ्घसंस्थाबीच सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ ।

बागलुङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले कर्मचारीबाहेकका सबै व्यवस्थापकीय काम औषधि, उपकरण र आवश्यकताअनुसारका अन्य कुरामा नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।