स्वास्थ्य मन्त्री पाठकद्वारा परिवार नियोजन संघ कास्कीको निरीक्षण


     एभरेस्ट आवाज    
     कार्तिक १७ गते २०८२ मा प्रकाशित




गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले सोमबार नेपाल परिवार नियोजन संघ कास्की शाखाको निरीक्षण गरेका छन् ।

निरीक्षणका लागि पुगेका मन्त्री पाठकलाई नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देल सहितका पदाधिकारी, सदस्य र कर्मचारीहरुले स्वागत गरे । त्यस क्रममा मन्त्री पाठकले संघले प्रदान गर्दै आइरहेका सेवा, संघका समस्या र आवश्यकताका बारेमा जानकारी लिएका थिए । संघका गतिविधि बारे बरिष्ठ शाखा प्रवन्धक नबराज तिवारीले जानकारी दिए। निरीक्षण पछि मन्त्री पाठकले स्वास्थ्य मन्त्रालय, नेपाल परिवार नियोजन संघ कास्कीसँग सहकार्य गर्न तयार रहेको बताउदैें, कसरी अघि बढ्ने विषयमा संघसँग छलफल गरी टुङ्गोमा पुग्ने उनको भनाइ छ ।

नेपाल परिवार नियोजन संघ कास्कीका सभापति सिग्देलले स्वास्थ्यका क्षेत्रमा काम गर्नका लागि हुटहुटी रहेपनि शुन्य बजेटका कारण काम गर्न नसकिएको उल्लेख गरे । पोखरा १२ उपकार मार्ग स्थित संघको कार्यालयमा परिवार नियोजन, सुरक्षित गर्भपतन, सुरक्षित मातृत्व, यौनजन्य रोगको परामर्श तथा उपचार, एच.आई.भि.परिक्षण तथा परामर्श, पाठ्ेघरको मुखको क्यान्सर सम्बन्धि प्रारम्भिक परिक्षण तथा परामर्श, यौनिक तथा लैड्गिकतामा आधारित हिंसामा परेकालाई परामर्श तथा उपचारका साथै यौंन तथा प्रजनन् स्वास्थ्य संग सम्वन्धित सम्पूर्ण सेवाहरु लगायत प्रयोगशाला सम्वन्धि सेवाहरु पनि उपलव्ध छ ।

संघले पछिल्लो पटक असोज देखि भिडियो एक्सरे सेवा समेत संचालनमा ल्याएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।