कांग्रेस केन्द्रीय समिति बैठक फेरि सर्‍यो


     एभरेस्ट आवाज    
     मंसिर ४ गते २०८२ मा प्रकाशित




नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक फेरि सरेको छ ।

महाधिवेशनको मिति तोक्ने विषयमा विवाद बढेपछि सहमतिका लागि भन्दै गत बिहीबार पनि सूचना टाँसेर बैठक आजका लागि सारिएको थियो । पार्टी केन्द्रीय कार्यालयका मूख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार सूचना जारी गर्दै शनिबार दिउँसो एक बजेसम्मका लागि सारिएको जानकारी दिएका छन् । ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज बस्ने भनिएको बैठक स्थगित भएको छ ।

उक्त बैठक २०८२ मंसिर ६ गते शनिबार दिउँसो १ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा बस्ने भएकाले केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ,’ पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।सहमतिका लागि भएका आन्तरिक छलफलमा नियमित महाधिवेशन र विशेष महाधिवेशन पक्षधर आआफ्नै अडानमा रहेपछि केन्द्रीय समितिको बैठक प्रभावित हुँदै आएको छ ।

गत असोज २८ गतेबाट सुरु भएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गत बिहीबारसम्म केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यले धारणा राख्ने क्रम सकिएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।