के गणित विषय हाउगुजी हो ?


     बाबुराम पौडेल     
     मंसिर ८ गते २०८२ मा प्रकाशित




के गणित विषय हाउगुजी हो ? यो प्रश्न हरेक विद्यार्थीको मानसपटलमा उब्जिरहन्छ। परिवारका सदस्यहरु हरेक विद्यालय‌का शिक्षकहरुबिच यो अस्वभाविक रुपमा छलफलको विषय बनिरहेको हुन्छ ।

देशका सरकारी र निजि विद्यालयमा यसलाई सहजीकरण गर्न अतिरिक्त कक्षा सञ्चालन हुँदै आए पनि विद्यार्थीमा यस विषयप्रति कुनै सुधारान्मुख देखिएको पाइ‌दैन । राष्ट्रिय परिक्षा वोर्डद्वारा संचालीत माध्यमिक शिक्षा परीक्षा एसईई २०८१ मा ४ लाख ३८ हजार ८९६ विद्यार्थीहरु सहभागी भएका थिए। तर १ लाख २८ हजार २१५ जना विद्यार्थी अनुतीर्ण भएका थिए। यो कस्तो लज्जास्पद हो । गणित जस्तो व्यवहारीक विषय हरेक मानिसको जीवनमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा जोडिए‌को हुन्छ । यो विषयलाई एक साँचोको रुपमा लिन सकिन्छ । सहि चाबीको प्रयोगले सजि‌लै खोल्न सकिन्छ। यसको भाब यो हो कि सही सुत्रको प्रयोगले यस विषय भित्र भएका समस्याहरु सहजरुपमा समाधान हुन्छन् ।

यसले हिसाव मापन, तर्क र समस्या समाधान गर्न सिकाउँछ। यसलाई हरेक मानिसको जीवनमा घुलमिल भएर बस्ने साथिको रुपमा हेर्न सकिन्छ ।यसरी यसले सोच्न वा कुनै पनि समस्यालाई चरणबद्ध तरिकाले समाधान गर्न सिकाउँछ । गणित सामाजिक जस्तो भाषा विषय सँग तुलना गर्ने गरीन्छ।तर यी दुवै विषयको आकास पातलको फरक रहेको पाइन्छ । सामाजिक विषय चावी हराउँदा साँचो कसरी खेल्ने भनेर हजार पटक सोच्नुसँग तुलना गर्न सकिन्छ। यो विषयमा हरेक उदाहरण प्रस्तुत गरेर तर्क वितर्कका साथ लेख्नुपर्छ । यस भित्र सामाजिक, राजनीतिक ,भौगोलिक पक्ष एंबम राष्ट्रिय अन्तराष्ट्रिय कुराहरु समेटिएको हुन्छन।यसैगरी देश वा विदेशको राजनैतिक घटनाहरु समय अनुसार बदलिने भएकाले हरेक विद्यार्थीहरु समय सँगै चल्नुपर्छ । यसलाई अझै भन्नुपर्दा आधा गिलास पनि पानी भएकोलाई भोरी छ भनी भाषाको माध्यमबाट प्रमाणित गर्नुपर्दछ । यो पनि चुनैतिको विषय होइन र, यसरी सबै विषय उतिकै महत्त्वपूर्ण रहेका हुन्छन् ।

पाठ्‌यक्रम विकास केन्द्रले गणित विषयको पाठ्यवस्तु विद्यार्थीको क्षमता मध्यनजर गर्दै परीमार्जित गरेता पनि यो चट्टानको रुपमा लिएको छ। विद्यार्थीले धेरै जसो आफ्नो समय यो विषयलाई दिएता पनि समग्रमा हेर्दा नतिजामा त्यति धेरै सुधार आएको पाइदैन । कतिपय विद्यालयमा गणित विषय‌लाई कठिन विषयको रुपमा परि‌भाषित गरेको पाइन्छ । जसले गर्दा विद्यार्थी यो विषयसँग झस्कने गर्दछन ।देशका विभिन्न विकट ठाउँहरु जस्तै रुकुम, रोल्पा मनाङ आदिमा यसको अवस्था अझै नाजुक रहेको पाइन्छ। यति मात्र नभई हरेक विद्यालयमा विद्यार्थी, अभिभावक र शिक्षक विच हुने त्रिकोणात्मक अन्तर‌क्रियामा अभिभावकको मुख्य केन्द्रविन्दु यहि विषयप्रति हुनेछ। जसका कारण विधार्थी अरु विषयलाई कुनै महत्त्व नदिइ गणितलाई आफ्नो भरपुर समय दिन्छन । विद्यार्थी स्वतन्त्र रूपले अभ्यास गर्न पाउदैनन । फलस्वरूप विद्यार्थीले दैनिक जिवनमा गरिने सामान्य जोडघटाउ गर्नपनि कठिनाइ भैरहेको पाइएको छ।

विद्यार्थीले पढ्ने सबै विषय आ आफ्नो ठाउँमा महत्वपुर्ण रहेका हुन्छन् । विद्यार्थी लाई गणित एक साथीको रुपमा लिन उत्प्रेरित गर्नुपर्छ ।नेपाल सरकार पनि देशका विद्यालयहरुमा नियगमन गर्नुपर्छ। शिक्षक , अभिभावक र समाजले पनि विद्यार्थीको कलिलो दिमाखमा डर उत्पन्न हुने कुरा गर्नु हुदैन । यसले गर्दा गणित विषय हाउगुजी हुँदैन । अन्तमा: विद्यार्थीले स्वतन्त्र पुर्वक सबै विषयलाई गहिरो अध्ययन गरे अवश्य नै सफलता प्राप्त हुन्छ।
लेखक: पौडेल धवलागिरी बोर्डिङ स्कुल, हेम्जाका शिक्षक हुन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।