पोखरा लेडी जेसीजको अध्यक्षमा जेसी सुनिता गौतम भण्डारी निर्वाचित भएकी छन् ।
शाखाको सम्पन्न ३२ औं अधिवेशनमा अध्यक्षका अर्का प्रत्याशी जेसी प्रमिला कुवँरलाई पराजित गदै भण्डारी निर्वाचित भएकी हुन् ।उनले ५० मत प्राप्त गर्दा कुवँरले ४० मत मात्रै प्राप्त गरिन् ।कुल ९३ जना मतदाता रहेकोमा अधिवेशनमा ९० मत खसेको थियो । कार्यकारिणी उपाध्यक्षमा जेसी करुणा पाण्डेलाई २२ मतान्तरले हराउँदै जेसी विनिता केसी निर्वाचित भईन् । केसीले ५६ र पाण्डेले ३४ मत पाएका थिए ।अधिवेशनले उपाध्यक्षहरुमा जेसी मेलिना गुरुङ, जेसी शारदा लामिछाने, जेसी डा नमिता अधिकारी, जेसी सन्तोषी अर्याल, निर्देशकहरूमा जेसी बविता केसी, जेसी साबित्री पराजुली, जेसी एलिसा भुजेल, जेसी अस्मिता पौडेललाई निर्वाचित गरेको छ ।
त्यस्तै महासचिवमा जेसी सिर्जना आले इसा र कोषाध्यक्षमा जेसी रेजिना कटुवाल तथा कानुनी सल्लाहकारमा जेसी नन्दकुमारी ढुंगाना चयन भए । यसअघि अधिवेशनको उद्घाटन गर्दै पोखरा विश्वविद्यालयका कुलपति प्रा डा ईन्द्र बहादुर केसीले युवाहरुको नेतृत्व तथा व्यक्तित्व विकासमा पोखरा लेडी जेसीजले महत्वपुर्ण भुमिका निर्वाह गरेको बताए ।
अध्यक्ष जेसी अनीता थापा खड्काको अध्यक्षतामा भएको उद्घाटन सत्रको संचालन सहसचिव जेसी सिर्जना आले इसाले गरेकी थिईन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, पुस २९ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्दा श्रेष्ठले…






