पोखरा, १२ मङ्सिर
पोखरा बहुमुखी क्याम्पसको ३९ औं वार्षिकोत्सवको अवसरमा विहीवार पोखरामा आयोजना गरिएको रक्तदान कार्यक्रममा ३२ युनिट रगत संकलन भएको छ ।
पोखराको पृथ्वीचोकमा आयोजना गरिएको रक्तदान कार्यक्रममा पोखरा बहुमुखी क्याम्पसका विद्यार्थी, संचालक समिती, प्राध्यापक, कर्मचारी र अन्य सर्वसाधारणहरुले रक्तदान गरेका थिए ।
येसैबिच उक्त कार्यक्रममा बोल्दै पोखरा बहुमुखी क्याम्पस व्यबस्थापन समितिका अध्यक्ष नरेन्द्रमान लालचनले रक्तदान जीवन दान भन्ने मर्म सबैले बुझनु पर्ने बताए । तेस्तै क्याम्पस प्रमुख शिशुकला पराजुलीले रक्तदान लगायतक सामाजिक कार्यमा विद्यार्थी सहभागिता समग्र समाजका लागि प्रेरणा बन्ने बिश्वास व्यक्त गरिन् ।
रक्तसंचार केन्द्र रामघाट पोखराको प्राविधिक सहयोगमा कार्यक्रम भएको थियो । उक्त केन्द्र का प्रमुख महेन्द्र केसी सहितको प्राविधिक टोलिले रक्तदाताको स्वास्थ्य जाँच लगायतका सेवा प्रदान गरेको थियो । क्याम्पसका प्राध्यापक दीपक घिमिरेले संयोजन गरेको उक्त कार्यक्रममा क्याम्पस सञ्चालक समितीका सल्लाहकार शंकर देवकोटा, कोषाध्यक्ष शंकर गुरुङ , सदस्य मुनाकुमारी बास्तोला, विद्यार्थीहरु गणेश रामदाम, सुशील खनाल लगयतले बोलेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असार ९ कास्कीको रुपा गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि करीब…






