नेकपा एमालेका नेता तथा कार्यकर्ता यही मङ्सिर २७ देखि २९ गतेसम्म काठमाण्डौंमा आयोजना हुने ११ औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि चयन गर्न आज स्वदेश र प्रवासमा व्यस्त छन् ।
पार्टीका करिब छ लाख ६७ हजार ६३० सङ्गठित सदस्यबाट झण्डै दुई हजार २०० सय प्रतिनिधि चयन गर्न जिल्ला–जिल्लामा उनीहरू व्यस्त भएका हुन् । महाधिवेशनका लागि यसपटक प्रत्येक सङ्घीय निर्वाचन क्षेत्रबाट कम्तीमा एक जना युवक प्रतिनिधिको कोटा सुरक्षित गरिएको छ भने प्रदेश कमिटीहरूबाट ४५, प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट करिब एक हजार, विशेष जिल्ला कमिटीबाट ४७, दलितबाट ८१, ट्रेड युनियनबाट ४० प्रतिनिधि चयन हुनेछन् ।पार्टी विधानअनुसार महाधिवेशनमा आयोजक केन्द्रीय कमिटीबाट तीन सय ५४ स्वतः प्रतिनिधि हुनेछन् । केन्द्रीय अनुशासन आयोगबाट २९, लेखा आयोगबाट ३०, निर्वाचन आयोगबाट २५ र सल्लाहकार परिषद् बाट २५ प्रतिनिधि गरी चार सय ६४ स्वतः प्रतिनिधि हुनेछन् ।एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार गत कात्तिक १५ गतेको केन्द्रीय सचिवालय बैठकले प्रतिनिधिसभा निर्वाचन क्षेत्रलाई आधार मानी प्रति एक हजार २०० सङ्गठित सदस्य बराबर दुई खुला र एक महिला एक प्रतिनिधि हुनुपर्ने व्यवस्थाबमोजिम प्रतिनिध छनोट जारी छ ।
केही जिल्लामा सर्वसम्मत प्रतिनिधी चयन भए पनि आधकांस जिल्लामा सहमति जुट्न सकेको छैन । कास्कीमा पनि सर्वसम्मत रुपमा प्रतिनिधी चयन हुने संभावना नरहेको बताईएको छ ।उम्मेदवारी फिर्ता लिने समय सकिँदा समेत कसैले पनि फिर्ता नलिएपछि प्रतिनिधि चयन प्रक्रिया थप पेचिलो बनेको हो । जिल्लाभरबाट २० जना मात्रै प्रतिनिधि छनोट हुनुपर्नेमा १ सय २२ जनाले आवेदन दिएका छन् । मङ्सिर ९ गते उम्मेदवारी दर्ता गर्दा कास्की १ बाट ३८ जना, २ बाट ३६ जना र ३ बाट ४८ जनाले आवेदन दिएका छन् ।
केन्द्रीय निर्देशन अनुसार कास्की १ मा ७ जना मात्रै प्रतिनिधि चयन हुन्छन् भने २ बाट ६ जना तथा ३ बाट ७ जना प्रतिनिधि चयन हुने व्यवस्था छ ।उत्पीडित क्लस्टरमा पनि २ जना प्रतिनिधिका लागि ९ जनाले आवेदन दिएका छन् ।एमाले कास्कीमा ११ हजार ७ सय ६८ पार्टी सदस्य रहेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार दिदीबहिनीले दाजुभाइलाई…







