पोखरा १४ मंसिर
नेपाल कम्युनिष्ट पार्टि एमाले राष्ट्रिय महाधिवेशनका लागी कास्की क्षेत्र नं ३ वाट सिफारीस गरीएका नामहरु प्रति अन्य दावेवारहरुले असन्तुषट जनाउदै ज्ञापन पत्र वुझाएका छन् । जिल्ला पाटी कार्याल कास्कीका अध्क्षयलाई ज्ञापन पत्र वुझाउदै प्रतिनिधिका आकांक्षीहरुले निर्वाचन प्रक्रियालाई अविलम्ब सुचारु गर्न माग गरेको छ ।
आकांक्षीहरुले पाटीको महाधिवेशन प्रतिनिधी छनोट हुन पाउने अधिकारलाई कुण्ठीत गर्दै गुटगत रुपमा आफ्ना प्रतिनिधि छनोट गरेको आरोप लगाउदै आफुहरु सगँ कुनै सल्लाहा नगरी एकलौटी तरिकारले प्रतिनिधिहरुको नाम सिफारीस गरेको आरोप लगाएका हुन् । उक्त निणर्यहरुमा कुनै सहमती नभएको कास्की क्षेत्र नं ३ महाधिवेशन प्रतिनिधिका आकांक्षी विवेक त्रिपाठीले बताए ।
त्रिपाठीले भने ,आफुलाई छान्ने प्रतिनिधि आफैले छानेर लाने अभ्यास नेतृत्बले गर्दैछ, पार्टि बिधि र प्रकृयामा समाबेश नै नगराई निर्बाचन प्रकृयालाई समेत नेतृत्वले गुम्राहामा राखि रहेको छ। हाम्रो माग अबिलम्ब निर्बाचन प्रकृया सुरु गर भन्ने हो।
आकांक्षी उम्मेदवारको बैठक समेत नराखी पार्टिको विधी विधान भन्दा फरक तरिकाले प्रतिनिधी छनोट भएको भन्ने सुन्न आएको छ त्यो कुनै हालतमा मान्य नहुने अर्का आकांक्षी सांसद गणेमान गुरुङले बताए । कास्की क्षेत्र नम्वर ३ सांसद देवका पहारी , गणेमान गुरुङ विवेक त्रिपाठी सन्तु देवी सुवेदी देवी सुवेदी सुरेन्द्रमान भण्डारी महेश्वर दवाडी हरि कृष्ण भटराई लगाएत २० जना जना भन्दा धेरै आकांक्षीहरुले उक्त निणर्य मान्य नहुने भन्दै विरोध गरेका छन् ।
उनीहरुले वुझाएको ज्ञापन पत्रमा भनिएको छ
नेपाल कम्युनिष्ट पार्टि एमाले राष्ट्रिय महाधिवेशनका लागी केन्द्रिय कमिटीबाट जारी आ।पा। नि। १३ बमोजिम निर्वाचन सम्बन्वय कमिटी क्षे त्र नं ३ बाट महाधिवेशन प्रतिनीधि चयनका लागी क्षेत्रिय भेला आयोजना गरियो। मिति २०८२र०८र०९ गते क्षत्रिय कमिटिको आयोजनामा वसेको बैठकमा खुल्ला तर्फ युवा, र महिला गरी आकांक्षी उम्मेदवारको आवेदन संकलन गरी सहजीकरण र प्रक्रियाका लागी बैठक समेत संचालन गरीएको थियो।
यस प्रक्रियाको अन्तिम दिन २०८२र०८र१३ गते कुनै पनि आकांक्षी उम्मेदवारको बैठक समेत नराखी पार्टिको अ।पा।नि पद्धती र विधिको समेत वेवास्ता गरी कहि कतै बाट महाधिवेशन प्रतिनीधि सिफारिस गरिएको भए हामी ने। क। पा। एमालेका सार्वभौम सदस्य तथा महाधिवेशन प्रतिनीधि को आकांक्षीहरु यस प्रकारको अराजक परिपाटिको घोर भर्त्सना गर्दछौँ। यस प्रकारको पार्टि कब्जा गर्न कुंसित मनासयको विरुद्धमा पार्टिका जिम्मेवार निकायहरुको गंभीर ध्यानाकर्षण गर्दछौँ।
साथै निर्वाचन प्रक्रियालाई अविलम्ब सुचारु गर्न हामी जोडदार माग गर्दछौ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार दिदीबहिनीले दाजुभाइलाई…







