गृहमन्त्री ओमप्रकाश अर्यालले तोकिएकै समयमा निर्वाचन हुने दाबी गर्दै, आशंका नगर्न आग्रह गरेका छन् ।
धनगढीमा मंगलबार सुरु भएको सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्दघाटन समारोहमा मन्तव्य राख्दै उनले फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचन हुन्न कि भन्ने शंका र भ्रम नछर्न सबै पक्षलाई आग्रह गरेका हुन्। गृहमन्त्री अर्यालले बाहिरै रहेका केही थान हतियार र फरार कैदीबन्दीलाई नियन्त्रणमा लिन सरकारले बिशेष अप्रेशन चलाएको स्पष्ट पार्दै घोषित मितिमै भयरहित, स्वच्छ र स्वन्तन्त्र वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकार सक्षम रहेको दाबी गरे ।
बर्तमान सरकारको लक्ष्य नै तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नु रहेको मन्त्री अर्यालको भनाई थियो ।उनले भने, ‘ यो निर्वाचन सम्पन्न गर्न सरकार कटिबद्ध छ र त्यसका लागि सम्पूर्ण शान्ति सुरक्षाको अवस्था बजबुद गरिंदै लागिएको छ।’
गोष्ठीमा मन्त्री अर्यालले हाल देशभर चार हजार ५५२ कैद बन्दी फरार रहेको र कुल ७२७ हातहतियार सरकारले फिर्ता ल्याइसकेको जानकारी समेत गराएका छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । अन्नपूर्ण गाउँपालिका–२ ढिकुरपोखरीस्थित माछापुच्छ्रे माध्यमिक विद्यालय तथा क्याम्पसमा आयोजित निःशुल्क…






