पोखरा–१५ स्थित चेतना कृषक महिला समूहले सामाजिक उत्तरदायित्व अन्तर्गत सिद्ध माध्यमिक विद्यालयलाई अक्षयकोष स्वरूप २५ हजार ५ सय ५५ रुपैयाँ (रु. २५,५५५) हस्तान्तरण गरेको छ। एक कार्यक्रमका बीच प्रदान गरिएको उक्त अक्षयकोष विद्यालयमा अध्ययनरत विपन्न तथा जोखिम समूहका बालबालिकाको शैक्षिक सहयोग तथा विद्यालयको समग्र शैक्षिक सुधारका उद्देश्यले स्थापना गरिएको हो।
कार्यक्रममार्फत अक्षयकोष हस्तान्तरण गर्दै चेतना कृषक महिला समूहकी अध्यक्ष पवित्रा थापासहित समूहका सदस्यहरूले विद्यालयको शैक्षिक उन्नयन, छात्रवृत्ति कार्यक्रम तथा शैक्षिक सामग्री वितरणजस्ता क्षेत्रमा निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे। विद्यालय व्यवस्थापन समितिले उक्त योगदानप्रति हार्दिक धन्यवाद र आभार व्यक्त गरेको छ।
विद्यालयले विपन्न, गरिब तथा विशेष आवश्यकता भएका विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माण गर्ने उद्देश्यले ‘सिद्ध मावि अक्षयकोष निर्देशिका–२०७५’ अनुसार अक्षयकोष अभियान सञ्चालन गर्दै आएको छ। सो निर्देशनअनुसार अक्षयकोषमा संकलित मूलधन खर्च नगरिने र प्राप्त ब्याजबाट मात्र छात्रवृत्ति, शैक्षिक सामग्री तथा अन्य शैक्षिक सहयोग प्रदान गरिने व्यवस्था रहेको विद्यालय व्यवस्थापन।समितिका अध्यक्ष प्रकाश पौडेलले बताए ।
विद्यालय प्रशासनका अनुसार अक्षयकोष अभियानलाई सुदृढ बनाउन जागरूक नागरिक, सामाजिक संस्था तथा आमा समूहहरूले आफ्नो नाम वा परिवारको नाममा पनि कोष स्थापना गर्न सकिने व्यवस्था गरिएको छ।
विद्यालयकाप्रधानाध्यापक गुरुदत्त कोइरालाले यस पुण्य र पवित्र कार्यमा सहभागी हुन सबैमा आग्रह समेत गरेको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरामा विद्यार्थी गुणीय चक्रको १९ औँ राष्ट्रिय सम्मेलन सुरु भएको…






